नेकपा (एमाले)
अप्ठ्याराेमा परेपछि पार्टी मिलाउन ओलीकाे दाैडधुप
शीतल निवासमा राष्ट्रपतिसँग भेटपछि वालुवाटारमा इश्वर पाेखरेल र सुवास नेम्वाङसँग छलफल

काठमाडाैं । सरकार र पार्टीभित्र अप्ठ्याराेमा परेपछि प्रधानमन्त्री एवं सत्तारूढ दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पार्टी मिलाउन दाैडधुपमा लागेका छन् । वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष ओलीसँग मिल्न नसकिने निष्कर्षसहित नयाँ पार्टी गठनकाे तयारीमा जुटेसँगै ओलीकाे दाैडधुप बढेकाे हाे ।
बुधबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका ओली बालुवाटर फर्केलगत्तै अहिले महासचिव इश्वर पाेखरेल र नेता सुवास नेम्वाङसँगकाे छलफलमा जुटेका छन् । राष्ट्रपतिसँगकाे भेटमा उनीहरूबीच एमालेभित्र देखिएकाे विवादका विषयमा कुराकानी भएकाे स्राेतकाे दाबी छ ।
पछिल्ला केही दिनयता राष्ट्रपति भण्डारी एमालेभित्र देखिएकाे विवाद मिलाउन सक्रिय देखिएकी छिन् । उनले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेतासँगकाे भेटलाई बाक्लाे बनाएकी छिन् । एमालेभित्र देखिएकाे विवाद मिलाउन केही नेता सक्रिय रहेका कारण ओली पक्षले लगातार स्थायी कमिटी बैठक सारिरहेकाे छ ।
स्थायी कमिटीकाे बैठकले माधवकुमार नेपाल पक्षका १२ सांसदलाई कारबाही गर्ने तयारी गरेकाे थियाे । यसअघि बसेकाे स्थायी कमिटी बैठकले नेता खनाल, नेपाल, भीमबहादुर रावलसहित ११ जनालाई पार्टीकाे साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरिसकेकाे छ ।
महासचिव पोखरेलले आजै नेपाल पक्षीय नेता योगेशकुमार भट्टराईसँग छलफल गरेका थिए । विद्यमान स्थिति र दुवै पक्षका प्रस्ताव तथा आवश्यकतालाई कसरी सम्बोधन गराउने र पार्टीलाई एकताबद्ध कायम राख्ने विषयमा उनीहरुबीच छलफल भएको थियाे । नेता भट्टराईलगायत केही नेता नेपाल निकट मानिए पनि विपक्षीलाई प्रधानमन्त्री बनाउन गठबन्धन वा नयाँ पार्टी दर्ता गर्ने विषयमा असहमत भएकाले उनीहरूलाई फकाउन पाेखरेल लागेका छन् ।
नेताहरुको अनौपचारिक परामर्श जारी रहेकै कारण आज दिउँसो ४ बजेका लागि डाकिएको एमालेको स्थायी कमिटी बैठक बिहीबारका लागि सारिएको पार्टीका कार्यालय सचिव शेरबहादुर तामाङले बताए । केहीदिन यता संस्थापन पक्षबाट सुवासचन्द्र नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र नेपा पक्षबाट सुुरेन्द्र पाण्डे, भट्टराई र गोकर्णराज विष्टबीच निरन्तर छलफल भइरहेकाे छ ।
यसैबीच, एमालेकै खनाल- नेपाल पक्षले रणनीति तय गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ। पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल गर्न भोलि बिहान ११ बजे भर्चुअलरूपमा बैठक बस्नेछ ।
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया