भारतले थाल्यो कोरोनाविरुद्धको खोप बालबालिकामा परीक्षण
मेरोन्यूज
२०७८ जेठ २० गते ९:२४

नयाँदिल्ली । भारतले कोरोनाविरुद्धको खोप बालबालिकाहरुमा परीक्षण सुरु गरेको छ । भारत बायोटेकले उत्पादन गरेको कोभ्याक्सिन खोप बालबालिकामा परीक्षण सुरु गरेको हो । यो खोपलाई गत मे ११ मा भारतको औषधि नियन्त्रण विभागले बालबालिकामा क्लिनिकल ट्रायलको अनुमति दिएको थियो ।
विभागले २ देखि १८ वर्ष उमेरका बालबालिकामा यो खोप दोस्रो र तेस्रो क्लिनिकल परीक्षणका लागि अनुमति दिइसकेको छ । भारतमा झण्डै २२ करोडलाई खोप दिइसकिएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललगायत भारतका नेताहरुले बालबालिकालाई पनि जतिसक्दो छिटो कोरोना खोप दिलाउनुपर्ने धारणा राख्दै आएका छन् ।
सम्बन्धित
















अमेरिकी सेनाको विमानमा आक्रमण, क्षेत्रीय अस्थिरता बढ्यो
मन्त्रिपरिषद् बैठक बस्दै
Aryal elected Speaker of HoR, Senior MP KC congratulates newly-elected Speaker
नवनिर्वाचित सभामुखलाई ज्येष्ठ सदस्य केसीको बधाई
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया