प्रदेश १ : जेठ २४ मा बजेट अधिवेशन बोलाउन मन्त्रिपरिषदको सिफारिस

विराटनगर । प्रदेश नम्बर १ को वर्खे अधिवेशन बोलाउन मन्त्रिपरिषदले सिफारिस गरेको छ । (आज ) बिहीबार बिहान बसेको मन्त्रीपरिषदको बैठकले जेठ २४ गते २ बजे बर्खे अर्थात बजेट अधिवेशन बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिश गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीले जेठ २४ गते दिनको २ बजेका लागि प्रदेशसभाको बर्खे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिश गर्ने निर्णय भएको बताए ।
प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याउने चर्चाबीच अधिवेशन बोलाउन सिफारिस भएको हो। अध्यादेशबाट बजेट ल्याउन लागेको भन्दै चौतर्फी विरोध भइरहेको थियो।
यसअघि सर्वदलीय बैठकमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सभाको बजेट अधिवेशन बोलाउने वचन विपक्षी दलहरुलाई दिएका थिए।
तर बुधबारको मन्त्रिपरिषद बैठकले प्रि बजेट छलफल छल्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको थियो। यसको विपक्षी दलहरुले विरोध गरेका थिए।










भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट घोषणा
पाकिस्तानी सेनाको कारबाहीमा ३० विद्रोही लडाकूको मृत्यु
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
बङ्गलादेशमा कामचलाउ सरकार प्रणाली पुनःस्थापित
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
मध्यरातमा भक्तपुरस्थित निवासबाटै पक्राउ परे दुर्गा प्रसाईं
प्रतिक्रिया