ज्योति ग्रुपद्वारा कोभिड विरुद्ध अभियानमा २ करोड सहयोग

काठमाडौँ । ज्योति गु्रपले कोभिड–१९ को महामारीमा २ करोड रुपैयाँ सहयोग गरेको छ । गु्रप अन्तर्गतको स्याकार ट्रेडिङ कम्पनी प्रालि र भाजुरत्न ट्रेडिङ कम्पनी प्रालिले २ करोड रुपैयाँ सहयोग गरेका हुन् ।
ज्योति ग्रुपले नेपाल उद्योग वाणिज्य महासंघको राहत कोषमा १० लाख रुपैयाँ रकम प्रदान गरेको जनाएको छ । क्रिएसन नेपाललाई ५ लाख २२ हजार रुपैयाँ बराबरको २५ थान अक्सिजन सिलिन्डर सहयोग गरेको र आछाम अस्पताल र हेल्थी नेशन फाउन्डेसनलाई गरी १५ लाख ४० हजार बराबरका १० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग उपलब्ध गराएको जानकारी दिएको छ ।
यस्तै गंगालाल अस्पताललाई ५ लाखको पिएपिआर सुट प्रदान ज्योति गु्रपले जर्मन अक्सिजन प्लान्टका लागि नेसनल बिजनेस इनिसिएटिभलाई १५ लाख रुपैयाँको सहयोग गरेको हो ।
टिचिङ अस्पतालमा जडान गरिने फ्रान्सेली अक्सिजन उत्पादन कम्पनी नोभएयरको अक्सिजन प्लान्टलाई फ्रान्सबाट नेपाल ल्याउनका लागि एअर कार्गोसहित कुल १ करोड २१ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको हो । उक्त अक्सिजन जेनरेटरहरूले ५० बेडलाई पर्याप्त हुने गरी प्रतिमिनेट २५० लिटर अक्सिजन उत्पादन गर्ने क्षमता राख्ने छन् ।








रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
इन्डोनेसियाको जकार्तामा अब कुकुर, बिरालो र चमेरोको मासु बेच्न नपाइने
अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक विस्तार सुरु
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
छुटे दुर्गा प्रसाईं
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रतिक्रिया