ज्योति ग्रुपद्वारा कोभिड विरुद्ध अभियानमा २ करोड सहयोग

काठमाडौँ । ज्योति गु्रपले कोभिड–१९ को महामारीमा २ करोड रुपैयाँ सहयोग गरेको छ । गु्रप अन्तर्गतको स्याकार ट्रेडिङ कम्पनी प्रालि र भाजुरत्न ट्रेडिङ कम्पनी प्रालिले २ करोड रुपैयाँ सहयोग गरेका हुन् ।
ज्योति ग्रुपले नेपाल उद्योग वाणिज्य महासंघको राहत कोषमा १० लाख रुपैयाँ रकम प्रदान गरेको जनाएको छ । क्रिएसन नेपाललाई ५ लाख २२ हजार रुपैयाँ बराबरको २५ थान अक्सिजन सिलिन्डर सहयोग गरेको र आछाम अस्पताल र हेल्थी नेशन फाउन्डेसनलाई गरी १५ लाख ४० हजार बराबरका १० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग उपलब्ध गराएको जानकारी दिएको छ ।
यस्तै गंगालाल अस्पताललाई ५ लाखको पिएपिआर सुट प्रदान ज्योति गु्रपले जर्मन अक्सिजन प्लान्टका लागि नेसनल बिजनेस इनिसिएटिभलाई १५ लाख रुपैयाँको सहयोग गरेको हो ।
टिचिङ अस्पतालमा जडान गरिने फ्रान्सेली अक्सिजन उत्पादन कम्पनी नोभएयरको अक्सिजन प्लान्टलाई फ्रान्सबाट नेपाल ल्याउनका लागि एअर कार्गोसहित कुल १ करोड २१ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको हो । उक्त अक्सिजन जेनरेटरहरूले ५० बेडलाई पर्याप्त हुने गरी प्रतिमिनेट २५० लिटर अक्सिजन उत्पादन गर्ने क्षमता राख्ने छन् ।
















महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
झापामा दुइवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा एक जनाकाे मृत्यु, एक गम्भीर घाइते
डिजिटल प्रबिधिबाट निर्वाचन परिणाम सार्वजनिक गरिने
‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
चुनावमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
इनड्राइभले आयोजना गर्यो ‘काठमाडौं क्लिन एयर डायलोग’
प्रतिक्रिया