एमाले र सीपीसीबीचको सम्बन्ध प्रान्तीयसम्म विस्तार गर्नुपर्छ : पोखरेल

काठमाडौं । नेकपा एमाले र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धलाई प्रान्तीय तहसम्म विस्तार गर्न नेकपा एमालेका नेता तथा पूर्वमन्त्री आनन्द पोखरेलले प्रस्ताव गरेका छन् ।
बिहीबार चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागले दक्षिण एशिया र दक्षिणपूर्वी एशियाका मुख्य राजनीतिक दलका युवा नेताहरूसँग गरेको वेभिनार बैठकमा नेपालको तर्फबाट प्रमुख वक्ता रहेका पोखरेलले दुई पार्टीबीचको सम्बन्धलाई केन्द्रबाट तलसम्म विस्तार गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘नेपालको कम्युनिष्ट गतिविधिको अनुभवबाट सिकेका, सीपीसी र नेकपा एमालेले नेपालको विकास आन्दोलन र वैचारिक मित्रताको सुदृढीकरणका लागि एकसाथ काम गर्नुपर्दछ। साझेदारीले केन्द्रीदेखि प्रान्तीय तहसम्म विस्तार गर्नुपर्दछ।’ पाकिस्तान, मलेसिया, श्रीलंका र नेपालको युवा नेताहरूसँग सीपीसीले महामारीको बेला युवा उद्यमशीलता र व्यवसायिक विकासको बारेमा छलफल आयोजना गरेको हो ।
















‘वामपन्थी शक्तिबीच एकता आवश्यक छ’:‘प्रचण्ड’
नवलपरासीमा आगलागी, १२ घर जले
म्याग्दीको जलजलामा आन्तरिक पर्यटकको चहलपहल
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
युद्धविराम लम्बिँदा तनाव यथावत्
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
प्रतिक्रिया