बुधबार, मंसिर ३, २०८२

ओली पक्षले वार्ताका नाममा भुल्याउदै छ : पाण्डे-भुसाल

मेरोन्यूज २०७८ जेठ २० गते १६:०२

काठमाडौँ । नेकपा एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल समूहको भेलामा नेताहरुको बोल्ने क्रम जारी रहेको छ । भेलाको सुरुमा नेता नेपालले एमालेभित्रको विवाद र विकसित परिस्थितका बारेमा आफ्नो समूहका नेताहरुको धारणा सुन्न भेला आयोजना गरिएको बताएका थिए ।

सवैको धराणा सुनेर अघि बढ्न सहज हुने भएकाले भेला गर्नुपरेको उनको भनाइ थियो । नेता नेपालपछि खनालले सम्बोधन गर्दै ओलीको कार्यशैलीका कारण कम्युनिस्ट पार्टी छिन्नभिन्न भएको बताएका थिए । उनले पार्टीलाई बचाउनु सवैको कर्तव्य भएको बताए । भेलामा नेता सुरेन्द्र पाण्डे र घनश्याम भुसालले ओली पक्षका नेताहरुसँग भएको छलफलबारे जानकारी गराएका थिए ।

पाण्डे र भुसालले ओली पक्षले वार्ताका नाममा भुल्याउन मात्रै खोजेको बताएका थिए । नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र योगेश भट्टराईले ओली पक्षसँग छलफल गरिरहेका छन् । तर, ओली पक्षसँगको छलफलले ठोस प्रगति र आकार ग्रहण गर्न नसकेको पाण्डे र भुसालले भेलामा ब्रिफिङ गरेको जनाइएको छ ।

प्रतिक्रिया