ओली पक्षले वार्ताका नाममा भुल्याउदै छ : पाण्डे-भुसाल

काठमाडौँ । नेकपा एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल समूहको भेलामा नेताहरुको बोल्ने क्रम जारी रहेको छ । भेलाको सुरुमा नेता नेपालले एमालेभित्रको विवाद र विकसित परिस्थितका बारेमा आफ्नो समूहका नेताहरुको धारणा सुन्न भेला आयोजना गरिएको बताएका थिए ।
सवैको धराणा सुनेर अघि बढ्न सहज हुने भएकाले भेला गर्नुपरेको उनको भनाइ थियो । नेता नेपालपछि खनालले सम्बोधन गर्दै ओलीको कार्यशैलीका कारण कम्युनिस्ट पार्टी छिन्नभिन्न भएको बताएका थिए । उनले पार्टीलाई बचाउनु सवैको कर्तव्य भएको बताए । भेलामा नेता सुरेन्द्र पाण्डे र घनश्याम भुसालले ओली पक्षका नेताहरुसँग भएको छलफलबारे जानकारी गराएका थिए ।
पाण्डे र भुसालले ओली पक्षले वार्ताका नाममा भुल्याउन मात्रै खोजेको बताएका थिए । नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र योगेश भट्टराईले ओली पक्षसँग छलफल गरिरहेका छन् । तर, ओली पक्षसँगको छलफलले ठोस प्रगति र आकार ग्रहण गर्न नसकेको पाण्डे र भुसालले भेलामा ब्रिफिङ गरेको जनाइएको छ ।
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया