नेपाल पक्ष जनसंगठनहरुले भने- पार्टी २ जेठको अवस्थामा नल्याइए अलग पार्टी बनाउछौँ

काठमाडौँ । नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्ष जनसंगठनहरुले पार्टी विधान बिपरीत भएका निर्णय सच्याउन अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरेका छन् । आज १७ जनसंगठनले संयुक्त वक्तव्य जारी गर्दै गत फागुन २८ यता अध्यक्ष ओलीले गरेका सबै निर्णय सच्याउन माग गरेका छन् ।
यसअघि ओाली पक्षका १६ जनसंगठनहरुले प्रतिनिधि सभाको विघटन गरेको स्वागत गरेको थियो । यस्तै पार्टीको हित विपरित काम गर्ने नेता तथा कायकर्तालाई कारबाही गर्नुपर्नेमा जोड दिएको थियो । ओली पक्षका जनसंगठनहरु विज्ञप्ति निकालेको केही दिनपछि विज्ञप्ति निकाल्दै नेपाल पक्षका जनसंगठनहरुले ओलीले नवौं महाधिवेशनबाट निर्वाचित नेतृत्व विघटन गरेर पार्टी र कम्युनिष्ट आन्दोलन बिसर्जनतिर लागेको भन्दै आपत्ति जनाएका छन् ।
उनीहरुले विज्ञप्तिमार्फत पार्टी नेतामाथि गरेको कारबाही फिर्ता लिन माग गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन र पार्टी विधानको विपरीत बनेको अवैध कमिटी र अध्यक्षले गरेको कारबाही अर्थहीन छ । यस्तो स्वेच्छाचारी निर्णयको हामी भर्त्सना गर्दछौं । तत्काल फिर्ता लिन माग गर्दछौं ।’ एमाले पार्टी संरचना, विधान र नेतृत्व २ जेठ २०७५ अगाडिको अवस्थामा नल्याइए अलग पार्टी बनाउने विज्ञप्ति मार्फत चेतावनी दिइएको छ ।



















पुरातत्व विभागका तत्कालीन इन्जिनियर र सहायक पथप्रदर्शकविरुद्ध भ्रष्टाचार मुद्दा दायर
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
राष्ट्र बैंकले आजका लागी निर्धारण गरेको मुद्राको विनिमयदर
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया