प्रदेश २ का मुख्यमन्त्रीको केन्द्र सरकारलाई चेतावनी
बजेट बक्तब्य सच्चाउ, अन्यथा प्रदेश सरकारले आवश्यक निर्णय लिन्छ : मुख्यमन्त्री राउत

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले केन्द्र सरकारको बजेट वक्तब्य सच्चाउन चेतावनी दिएका छन् । गिट्टी, बालुवा र ढुंगा निकासी खुला गर्ने र ब्यापार घाटा कम गर्ने भनी केन्द्र सरकारले बजेटमा ल्याएको घोषणाप्रति प्रदेश सरकारका मुख्यमन्त्री राउतले कडा असन्तुष्टि जनाएका हुन् ।
निर्णय फिर्ता लिन केन्द्र सरकारलाई उनले आग्रह गरेका छन् । अन्यथा चुरे संरक्षणका लागि प्रदेश सरकारले आवश्यक निर्णय लिने उनले चेतावनी दिएका छन् ।
वातावरणीय प्रभाव मुल्यांकनका आधारमा खानीजन्य ढुंगा, गिट्टी, वालुवा निकासी गरी ब्यापार घाटा न्यूनीकरण गर्ने भन्दै सरकारले बजेट वक्तब्यमा त्यस्तो घोषणा गरेको थियो ।
यस्तो निर्णयले तराईको चुरे क्षेत्र बिनास हुने र मरुभूमिमा परिणात हुने भन्दै विपक्षी राजनिितक पार्टी, वातावरणविदहरुले विरोध जनाउादै आएका थिए ।
प्रदेश २ का मुख्यमन्त्रीले पनि अहिले वक्तब्य नै दिएर केन्द्र सरकारलाई निर्णय सच्चउन भनेको हो । राउतले बिहीबार वक्तव्य जारी गर्दै सरकारको घोषणालाई अदूरदर्शी निर्णय भनेका छन् । यो निर्णयले देशकै अन्न भण्डारका रुपमा रहेको प्रदेश दुई मरुभूमिकरण बन्ने राउतको भनाई छ ।

















काभ्रेमा दलित उम्मेदवार छैनन्
झापामा दुर्घटनाको क्रम बढ्यो, २५ दिनमा १८ जनाको निधन
के तपाइकाे परिवारमा कसैकाे शरिर काँप्छ ? यी हुन् शरीर काप्ने १० कारण
टी-२० विश्वकपमा आज तीन खेल, नेपाल रहेको समूहबाट भिड्दैछन् स्कटल्याण्ड र इटाली
कोइलाखानी विस्फोटन घटना : खोटाङको एउटै गाउँका तीनको मृत्यु, एक जना बेपत्ता
आज कति छ सुनको भाउ ?
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
प्रतिक्रिया