ओली-महन्थ भेटवार्ता हुँदै, मन्त्रीमण्डल पुर्नगठनमा छलफल हुने
सबै छलफल टुंग्गिए साँझसम्म मन्त्रिमण्डल पुर्नगठन हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा ८ ओटा मन्त्रालय लिएर सत्ता सहकार्य गर्न तम्तयार भएर बसेका जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्रीबीच भेटवार्ता हुन लागेको छ ।
शुक्रबार जसपाका महन्थ र राजेन्द्र महतो प्रधानमन्त्री ओलीलाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार जान लागेका हुन् । जसपा र प्रधानमन्त्री ओलीबीच यसअगाडि नै सरकारमा सहभागी हुने विषयमा समझदारी बनिसकेको छ ।
प्रधानमन्त्री ओलीले जसपालाई सरकारमा आउन आग्रह गरिरहेका छन् । सरकारमा जान हत्तारिएको महन्थ पक्षले आफ्नाे तर्फबाट मन्त्री बन्नेहरूको नाममा टुंगाे लगाउने बित्तिकै सरकार पुर्नगठन हुने बताइएको थियो ।
‘महन्थ जी र राजेन्द्र महतो जी अहिले प्रधानमन्त्रीलाई भेट्न बालुवाटार जाँदै हुनुहुन्छ, आजको भेटपछि फाइनल हुन्छ, सरकारमा सहभागिताका विषयमा’ जसपका महन्थ पक्षका एक सांसदले मेरोन्युजसँग भने, ‘सम्भवत कुरा सबै फाइनल भए साँझसम्म मन्त्रिमण्डल पुर्नगठन हुन पनि सक्छ, नभए भोलि हुन्छ होला ।’
प्रधानमन्त्री ओलीले जसपालाई यसअघि नै ८ मन्त्री र २ राज्यमन्त्री दिने विषयमा सहमति जनाइसकेका छन् । कुन-कुन मन्त्रालय दिने भन्नेमा टुंगो नलागे पनि हिजो बिहीबार महन्थ र राजेन्द्रले अबेरसम्म प्रधानमन्त्री ओलीसँग बालुवाटारमा छलफल गरेका थिए ।
तर, जसपाले वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जाने विषय टुंग्याएको छ । राजेन्द्र सरदसिंह भण्डारी, अनिल झा, राजकिशोर यादव सरकारमा जानेछन् । बाँकीका विषयमा जसपाभित्र विवाद थियो ।
यसैबीच उपेन्द्र यादव समूह छाडेर आएका उमाशंकर अरगरीया र विमल श्रीवास्तव मन्त्री बन्ने छन् । उनीहरूलाई मन्त्री दिने महन्थ र राजेन्द्रले पहिले नै बचन दिइसकेको स्रोतले बताएको छ ।
प्रधानमन्त्री ओलीले ३ वर्ष सरकारमा रहेका आफ्नै पार्टीभित्रका नेतालाई पनि फेर्ने गरी भित्री तयारी गरिरहेका छन् । उनले एमालेबाट मन्त्री बन्ने र जसपाबाट मन्त्री बन्नेको नाम टुंगाे लगाए आज मन्त्रिपरिषद्हे रफेर हुन सक्ने सम्भावना बढेर गएको बालुवाटार स्रोतको भनाई छ । ओलीले गृह, रक्षा र अर्थ मन्त्रालय भने आफ्नै पार्टीका नेतालाई दिन चाहेका छन् ।
जसपाका राज्यमन्त्रीसहित १० जना मन्त्री सहभागी हुने भएपछि अहिले सरकारमा रहेका नै ३ जनाले मन्त्री पद छोडनु पर्ने हुन्छ । माओवादी छोडेर एमालेमा समाहित भएका नेताहरूलाई सांसद नरहँदा मन्त्री पटक पटक बनाउन नपाउने भन्दै सर्वाेच्चले अन्तरिम आदेश दिएपछि माओवादीका नेताहरूले सम्हालेको ७ मन्त्रालय खाली भएका छन् ।
तर, अहिले संसद भंग भएको अवस्थामा माओवादी छाडेर एमाले बनेका ती नेताहरूलाई पनि मन्त्री बन्न रोक्ने बाटो छैन । सोही कारण पूर्व माओवादी धारका केही नेतालाई पनि समेटेर ओलीले मन्त्रिमण्डल पुर्नगठन गर्ने सम्भावना रहेको स्रोतको भनाई छ ।










कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सञ्चारमन्त्रीको निर्देशन
बलिउडमा ‘नक्कली चमक’ विवाद : हेरफेर गरिएका समीक्षा र फुलाइएका अङ्कले विश्वसनीयता सङ्कट
कांग्रेसका युवा नेताहरुद्वारा ‘कांग्रेस सुधार अभियान’
पूर्व प्रधानमन्त्री शेख हसिनाको मृत्युदण्ड र बङ्गलादेशको राजनीतिक भविष्य
म्यानमारमा ठगीमा परेका ३७ नेपाली स्वदेश फर्काइए
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
जाडोमा गुड खानुका फाइदै फाइदा, दिनमा कति खाने ?
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया