ओलीले सोधे सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता शाहलाई ४८ घण्टे स्पष्टीकरण

कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश शाहलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधेका छन् । बिहीबार अध्यक्ष ओलीले शाहलाई ४८ घण्टे स्पष्टीकरण सोधेको एमाले प्रदेश अध्यक्ष कर्ण थापाले जानकारी दिए ।
यसअघि शाहलाई प्रदेश कमिटीले स्पष्टीकरण सोधेको थियो ।एमालेको जेठ १० गते बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाइ दिएको समर्थन फिर्ता लिएको थियो । त्यस्तै, प्रदेश सरकारमा रहेका तत्तकालीन तीन मन्त्रीलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएको थियो । तर, केन्द्रको निर्देशन अटेर गर्दै प्रदेश संसदीय दलले सरकारबाट फिर्ता नभएर मन्त्री थप गरेको थियो ।
शाहलाई पार्टी केन्द्रले समर्थन फिर्ता लिइसकेको अवस्थामा विपक्षी दलको सरकारमा किन मन्त्री रहको भन्ने सोधिएको छ । त्यस्तै, गुटका भेलामा सहभागी हुने र अरूलाई समेत सहभागी हुन उत्प्रेरित गरेको स्पष्टिकरणमा आरोप लगाइएको छ । शाहलाई एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको विधानको आधारमा पार्टीको साधारण सदस्य समेत नरहने गरी किन निष्कासन नगर्ने भन्दै ओलीले चित्तबुझ्दो जवाफ मागेका छन् ।











विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
ग्लोबल आइएमई बैंककाे १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया