सोमबार, चैत ९, २०८२

जसपाका ठाकुर पक्षमा टुंगियो मन्त्रीको नाम, मन्त्रालयका बारेमा छलफल जारी

मेरोन्यूज २०७८ जेठ २१ गते १५:०३

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को अध्यक्ष महन्थ ठाकुर पक्षले आफ्नो पार्टीबाट मन्त्रीहरूको नाम टुंगाएको छ । यद्यपि, मन्त्रालयको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल जारी रहेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

मन्त्रालयको विषयमा टुंगो लगाउन जसपा अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल जारी रहेको छ । जसपाका एक नेताका अनुसार राजेन्द्र महतोको नेतृत्वमा शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, चन्दा चौधरी, लक्ष्मणलाल कर्ण, उमाशंकर अरगरिया, विमल श्रीवास्तव, एकवाल मियाँ र रेनुका गुरुङ सरकारमा सहभागी हुने भएका छन् ।

यसमध्ये आठ जना मन्त्री र दुई जना राज्यमन्त्री हुने भएका छन् । जसपालाई ८ मन्त्रीसहित २ राज्य मन्त्री दिनेबारेमा पहिले नै प्रधानमन्त्री र ठाकुर पक्षबीच टुंगो लागिसकेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजेन्द्र महतो, जलस्रोत तथा सिँचाई मन्त्रालयमा शरतसिंह भण्डारी, शहरी विकास मन्त्रालयमा अनिलकुमार झा, खानेपानी मन्त्रालयमा विमल श्रीवास्तव र युवा तथा खेलकुद मन्त्रालयमा उमाशंकर अरगरिया जाने लगभग तय भएको छ । राजकिशोर यादव र लक्ष्मणलाल कर्णको मन्त्रालय टुंगो लाग्न बाँकी रहेको बताइएको छ ।

आफूले मागअनुसार गृहमन्त्रालय नपाउने भएपछि ठाकुर पक्षले भौतिक मन्त्रालय र उद्योग मन्त्रालय माग गरिरहेको छ । तर, हालसम्म यस विषयमा कुरा मिल्न सकेको छैन ।

बिहीबार भएको छलफलमा प्रधानमन्त्री अ‍ोलीले ठाकुर पक्षलाई शहरी विकास मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय, खानेपानी मन्त्रालय, भूमी व्यवस्था तथा सहकारी मन्त्रालय, श्रम रोजगार मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, महिला तथा बालबालिका मन्त्रालय र वन मन्त्रालय दिने बताएका थिए ।

यो पनि पढ्नुहोस् : ओली-महन्थ भेटवार्ता हुँदै, मन्त्रीमण्डल पुर्नगठनमा छलफल हुने

प्रतिक्रिया