माधव नेपाल समुहको बैठकमा योगेश र गोकर्णले भने,-ओलीले टेक्ने ठाउँ दिँदासम्म एमालेमै रहनुपर्छ

काठमाडौं । माधव नेपाल समुहमा रहेर केपी ओलीसँग नजिक हुन खोजेको र माधव नेपाललाई नै कमजोर बनाउन लागि परेको आरोप आफ्नै विचार समुहभित्र लागेपछि योगेश भट्टराई र घनश्याम भुषालले आज त्यसबारेमा आफ्नो धारणा राखेका छन् ।
हिजोदेखि शुरु भएको नेपाल समुहको केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकमा आफनो धारणा राख्दै नेताद्दय भट्टराई र विष्टले पार्टी एकतामै जोड दिएर जानुपर्ने बताएका हुन् ।
नेताद्दयले अन्तिम समयसम्म एमालेको एकताका लागि पहल गर्नुपर्ने धारणा बैठकमा राखेको नेपाल पक्षका एक केन्द्रीय सदसयले मेरो न्यूजलाई जानकारी दिए ।
नेताद्दयले ओलीले टेक्ने ठाँउ दिँदा सम्म एमालेमै रहनुपर्ने र त्यहीभित्रबाट संर्घष गर्नुपर्ने धारणा राखेका हुन् । ‘एमाले विभाजन हुँदा मुलुक, संविधान र व्यवस्था संकटमा पर्छ। त्यसकारण पनि पार्टी एकताको लागि अन्तिम प्रयास हुनुपर्छ’ नेताद्दयको एउटै साझा भनाई थियो,–‘अहिलेको नीति भनेको एकता, संघर्ष र रुपान्तरण नै हो। ओलीले टेक्ने ठाउँ दिँदासम्म एमालेमै रहनुपर्छ। एकता गर्ने भनेको आत्मसर्पण गर्ने होइन। पार्टीभित्र रहेर कब्जा गर्ने हो।’
ओली पक्षका नेताहरुसँग योगेश, गोकर्ण सगै घनश्याम भुषाल र सुरेन्द्र पाण्डेले अनौपचारिक÷औपचारिक छलफल गरिरहेका थिए । उनीहरुले गरिरहेको त्यस्तो खालको छलफलमा माधव नेपाल पक्षभित्रै आलोचना भईरहेको थियो ।
छलफलमा रहेका घनश्याम र सुरेन्द्रले भने हिजो धारणा राखेका थिए । ‘अन्तिमसम्म एकता प्रयास गर्ने हो, तर ओलीले बार्ताका नाममा भुलाउन खोजेकोले यसमा सचेत हुनुपर्ने’ धारणा सुरेन्द्र र घनश्यामले ब्यक्त गरेका थिए ।
तर विष्ट र भट्टराईले भने एमाले विभाजन गर्न देशी/विदेशी सम्म लागिपरेकोले एकताकै लागि जोड गर्नुपर्ने धारणा राखेका हुन् । आफुहरुले नेता माधव नेपाललाई औपचारिक/अनौपचारिक जानकारी दिएरै ओली पक्षका नेताहरुसँग छलफलमा बसेको पनि वताएका थिए ।
नेताद्दयले आफुहरुले गरेको प्रयासबाट पार नलाग्ने देखियो भने सबै बसेर नयाँ निष्कर्षमा जाउँला भन्दै अहिले नयाँ पार्टी बनाउने तिर सोच्नै नहुने बताएका थिए ।
















कोशी अस्पतालमा ‘ब्लड बैंक’ स्थापनाको तयारी
राना थारू समुदायमा परम्परागत पहिरन लगाउने चलन लोप हुँदै
रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज सर्वोच्चमा सुनुवाइ
Pokhara targets cities of eastern Nepal to receive domestic tourists
आज गोलभेँडा र रायोसागकाे मूल्य प्रतिकिलो रु ८०,अन्य तरकारिकाे मूल्य कती ?
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
प्रतिक्रिया