मन्त्री मण्डल पुनर्गठन : श्रीमती ‘आउट’, श्रीमान् ‘इन’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्री मण्डल हेरफेर गरेका छन् । यस क्रममा ओलीले नेकपा एमालेबाट मन्त्री भएका ४ जनाबाहेक सबैलाई हटाएर जनता समाजवादी पार्टी (जसपा)सहितको मन्त्री मण्डल गठन गर्ने भएका हुन् ।
यस क्रममा प्रधानमन्त्री ओलीले व्यापारी उपेन्द्र महतोकी बहिनीसमेत रहेकी जुली महतोलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पदबाट हटाएका छन् । तर, उनका श्रीमान् रघुवीर महासेठलाई ओलीले शक्तिशाली मानिने मन्त्रालय परराष्ट्रको जिम्मेवारी दिने भएका छन् ।
नेकपा एमालेमा पार्टी विवाद उत्कर्षमा पुग्दै गर्दा महासेठ र महतो दम्पती नेता माधव नेपाल निटक देखिएका थिए । उनीहरू नेता नेपाल पक्षले राख्दै आएको आम सभामा समेत उपस्थित भएका थिए । तर, दुई जनामध्ये एक जनालाई मन्त्री बनाउनु पर्ने सर्तमा ओली पक्षमा लागेका थिए ।
प्रधानमन्त्री ओलीले आज शुक्रबार मन्त्री मण्डल हेरफेर गर्दै गर्दा एकै परिवारका श्रीमती पदबाट बाहिरिदै गर्दा श्रीमान् मन्त्री बन्ने भएका हुन् ।
नयाँ मन्त्री मण्डलमा जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षबाट ८ जना मन्त्री र २ जना राज्य मन्त्री बन्ने भएका छन् । नयाँ मन्त्रीहरूलाई आज राति ८ बजे सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।










एनआईसी एशिया बैंकको प्रमुख सूचना अधिकारी र प्रमुख गुनासो अधिकारी परिवर्तन
दक्षिणपश्चिमी जापानमा भीषण आगलागी : १७० घर नष्ट, सयौँ विस्थापित
बुधबार घट्याे सेयर बजार
शीतलहर र हिमपातको जोखिम न्यूनीकरण गर्न पूर्वतयारीमा ध्यान दिन गृहमन्त्रीको निर्देशन
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया