ओली, ठाकुर र महताेप्रति बाबुरामको कटाक्ष– नाकाबन्दीको विरोध र समर्थन गर्नेको सालनाल कहाँ जोडिएको छ ?
मेरोन्यूज
२०७८ जेठ २१ गते २१:३३

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले राजेन्द्र महतोको नेतृत्वमा जसपाकै केही व्यक्ति ओली सरकारमा सहभागी भएपछि कटाक्ष गरेका छन् । उनले ट्वीटरमार्फत संविधान जारी पछि भारतीय नाकाबन्दीको विरोध गर्ने र समर्थन गर्नेबीचको सालनाल कहाँ जोडिएको छ भनी प्रश्न गरेका छन् ।

संविधान जारी हुँदा दीपावली गर्ने र ‘ब्ल्याक आउट’ गर्नेको घाँटी कसरी जोडियो भनी व्यंग्य गरेका छन् । नेपालमा संविधानसभाबाट संविधान जारी हुँदा तत्कालीन नेकपा (एमाले) ले समर्थन गरेको थियो भने मधेशवादी दलले चर्को विरोध गरेका थिए । उनीहरुले संविधान जारी भएको दिनलाई ‘कालो दिन’को संज्ञा दिँदै विरोध गरेका थिए ।
डा भट्टराईले भनेका छन्, ‘अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीययतावादको कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाम ?
सम्बन्धित
















गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
इटालीमाथि स्कटल्याण्ड ७३ रनले विजयी
नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल
पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु
महोत्तरीका मतदाता भन्छन् : समयमा मलखाद, बीउ र सुलभ ऋण कसरी पाइन्छ ?
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
रास्वपा पूरानाे हाे, सबैभन्दा नयाँ नेपाली कम्युनिस्ट पार्टी हो : प्रचण्ड
प्रतिक्रिया