ओली, ठाकुर र महताेप्रति बाबुरामको कटाक्ष– नाकाबन्दीको विरोध र समर्थन गर्नेको सालनाल कहाँ जोडिएको छ ?
मेरोन्यूज
२०७८ जेठ २१ गते २१:३३

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले राजेन्द्र महतोको नेतृत्वमा जसपाकै केही व्यक्ति ओली सरकारमा सहभागी भएपछि कटाक्ष गरेका छन् । उनले ट्वीटरमार्फत संविधान जारी पछि भारतीय नाकाबन्दीको विरोध गर्ने र समर्थन गर्नेबीचको सालनाल कहाँ जोडिएको छ भनी प्रश्न गरेका छन् ।

संविधान जारी हुँदा दीपावली गर्ने र ‘ब्ल्याक आउट’ गर्नेको घाँटी कसरी जोडियो भनी व्यंग्य गरेका छन् । नेपालमा संविधानसभाबाट संविधान जारी हुँदा तत्कालीन नेकपा (एमाले) ले समर्थन गरेको थियो भने मधेशवादी दलले चर्को विरोध गरेका थिए । उनीहरुले संविधान जारी भएको दिनलाई ‘कालो दिन’को संज्ञा दिँदै विरोध गरेका थिए ।
डा भट्टराईले भनेका छन्, ‘अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीययतावादको कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाम ?
सम्बन्धित










रास्वपा केन्द्रीय समिति बैठक जारी
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
सुदूरपश्चिमविरुद्ध पहिला बलिङ गर्दै काठमाडौं
एनआईसी एशिया बैंकको प्रमुख सूचना अधिकारी र प्रमुख गुनासो अधिकारी परिवर्तन
दक्षिणपश्चिमी जापानमा भीषण आगलागी : १७० घर नष्ट, सयौँ विस्थापित
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया