प्रतिनिधीसभा विघटन विरुद्धको मुद्दा हेर्न यस्तो बन्यो संबैधानिक इजलास
चौथो र पाँचौं वरियताका न्यायाधीसहरु क्रमशः हरिकृष्ण कार्की र विश्वभरप्रसाद श्रेष्ठ संबैधानिक इजालसमा परेनन

काठमाडौं । प्रतिनिधीसभा विघटन विरुद्दको मुद्धाको संबैधानिक इजालसमा आज देखि सुनुवाई हुदैछ । संबैधानिक इजालस प्रधानन्यायाधीस चोलेन्द्र सम्शेर राणाले पूर्नगठन गरेका छन् ।
पूर्नगठित इजालसमा प्रधानन्यायाधीश जबराका अलावा न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराई छन् ।
यो मुद्दामा सुनुवाई गर्न यस अगाडी प्रधानन्यायाधीस चोलेन्द्रशम्शेर राणाको अध्यक्षतामा ५ सदस्यीय संबैधानिक इजालस बनेपनि इजालसमा रहेका न्यायाधीस तेजबहादुर केसी र बमकुमार श्रेष्ठको सहभागीतामा रिट निवेदकका वकिलहरुले प्रश्न उठाएपछि गठित संबैधानिक इजालस नै विभाजित भएको थियो ।
तत्कालिन नेकपाको मुद्दाका विषयमा दिएको फैसल्लाका कारण प्रतिनिधीसभा विघटनको मुद्दामा न्यायाधीसद्दय केसी र श्रेष्ठले सुनुवाईमा बस्न मिल्नेरनमिल्ने विवादका वीच गठित संबैधानिक इजालसकै न्यायाधीसहरु विभाजित भएका थिए ।
प्रश्न उठेपछि केसी र श्रेष्ठले इजालस छोडिदिनुपर्ने राय दीपककुमार कार्की र आनन्दमोहन भटटराईले राखेका थिए । तर केसी र श्रेष्ठले इजालस नछोडने अडान लिएपछि कार्की र भटटराईले आफुहरु वाहिरिने बताएपछि संबैधानिक इजालस नै भताभंगु भएको थियो ।
त्यसपछि प्रधानन्यायाधीस राणाले संबैधानिक इजालस गठन नियमावली सर्वोच्चको सवै न्यायाधीस सम्मिलित फुल बेन्चमार्फत संसोधन गर्ने र त्यसलाई न्याय परिषद्को बैठकबाट अनुमोदन गराएर वरिष्ठताका आधारमा संबैधानिक इजालस गठन गर्ने प्रस्ताव राखेका थिए । तर सर्वोच्चको फुल बेन्चले वरिष्ठताका आधारमा संबैधानिक इजालस गठन गर्न नियमावली बाधक नरहेको निश्कर्ष दिएपछि प्रधानन्यायाधीसको नियमावली संसोधनको प्रस्ताव त्यक्तिकै पाखा लागेको थियो ।
त्यसपछि आज प्रधानन्यायाधीस राणाले इजालस पूर्नगठन गरेका हुन् । राणाले गठन वरिष्ठताका आधारमा न्यायाधीसहरुलाई राखेर संबैधानिक इजालस गठन गरेका हुन् ।
राणाको अध्यक्षतामा इजालसमा रहेका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की दोस्रो नम्वरमा, न्यायाधीश मीरा खड्का तेस्रो नम्वरमा र ईश्वरप्रसाद खतिवडा छैटौं नम्वरमा र आनन्दमोहन भटटराई सातौं नक्वरमा रहेका न्यायाधीस हुन् ।
चौथो नम्वरमा रहेका न्यायाधीस हरिकृष्ण कार्की र पाचौं नम्वरमा रहेका न्यायाधीस विश्वभरप्रसाद श्रेष्ठ इजालसमा समेटिएका छैनन ।
न्यायाधीस हरिकृष्ण कार्की प्रधानमन्त्री केपी ओली पहिलो पटक प्रधानमन्त्री बन्दा महान्यायाधीवक्ता रहेको र त्यही कारण उनले यस मुद्धामा सहभागी हुन नहुने तर्क पहिलो पटक संसद भंग भएको बेलामा पनि उठेपछि उनी आफैले सम्वैधानिक इजालस छोडिदिएका थिए । सोही कारण उनलाई अहिले राखिएको छैन ।
त्यस्तै पाचौं नम्वरमा रहेका न्यायाधीस विश्वभरप्रसाद श्रेष्ठ कोरोनाका कारण आइसोलेसनमा छन् । उनी पनि सहभागी नहुने भएपछि अर्का न्यायाधीस आनन्दमोहन भटटराईले स्थान पाएका हुन् ।
















राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
2 in cardiac arrest after military helicopter crashes in S. Korea
दाङमा मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो
‘जादु टुना’ शैलीले विकास सम्भव छैन : गगन थापा
30 Killed in Traffic Accident in Northern Nigeria
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
बैतडी बस दुर्घटना : मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
प्रतिक्रिया