पोखरेलद्वारा आफनो सम्पत्ति सार्वजनिक

काठमाडौँ । निवर्तमान उप-प्रधानमन्त्री ईश्वर पोखरेलले आफनो सम्पत्ति सार्वजनिक गरेका छन् । उप प्रधानमन्त्रीबाट बाहिरिएपछि उनले आज आफ्नो सम्पत्ति सार्वजनिक गरेका हुन् ।
पोखरेलले २०७४ फागुन १४ गतेदेखि २०७७ असोज २८ गतेसम्म ९२ वर्ष ७ महिना १४ दिन ० रक्षा मन्त्री र तत्पश्चात २०७८ जेठ २१ गतेसम्म ९७ महिना २३ दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेर्ने जिम्मेवारीमा रहँदा गरेको सम्पत्ति सार्वजनिक गरेका हुन् । उनले यो अवधिमा सरकारको औपचारिक निर्णय अनुसार कोभिड संक्रमितहरूको उपचारका लागि ७ महिनाको पारिश्रमिक ४ लाख ५६ हजार ४ सय कोभिड कोषमा बुझाएको जनाएका छन् ।
सुविधा प्राप्त गरेवापत राज्यलाई बुझाउनु पर्ने सबै किसिमका दायित्वहरू पुरा गरेको उनले बताए । मन्त्री हुँदा प्राप्त सबै सेवा सुविधाहरू सम्वन्धित ठाउँमा आइतवार बुझाएको उनले बताए । यस अवधिमा पार्टीको कोषमा ६ लाख ५ हजार बुझाएको उनले जनाएका छन् ।
उनले पुल्चोकस्थित मन्त्री क्वार्टर २२ गते शनिवार नै खाली गरिसकेको उल्लेख गरेका छन् । उनले अब पार्टीमा महासचिवको भूमिका खेल्ने बताए ।
प्रतिक्रिया