राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग

काठमाडौँ । नेपाल हस्तकला महासंघले राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग गरेको छ । हस्तकला उद्यमी व्यवसायीको प्रतिनिधिमूलक छाता संगठन महासंघले विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना संक्रमण बढ्दै गएको भन्दै कोरोना नियन्त्रणका लागि जनहितकारी कार्यमा संलग्न रहँदै आएको आविस्कार केन्द्रलाई आज एक लाख आर्थिक सहयोग गरेको हो ।
महासंघका निमित्त महानिर्देशक ऋषिराज सुवेदीले आविस्कार केन्द्रबाट कोभिड–१९ बाट संक्रमित बिरामीको उपचारका लागि सञ्चालित कार्यक्रमको उच्च मूल्याङ्कन गर्दै आर्थिक सहयोग गरिएको जानकारी दिए । महासंघले राष्ट्रिय आविस्कार केन्द्रलाई सहयोग गरेको उक्त रकम ग्लोबल आइएमई बैंक लिमिटेड नयाँ बानेश्वर शाखाको खातामा जम्मा गरेको जनाएको छ ।
सो सहयोगले कोभिड–१९ न्यूनीकरणमा थप सहयोग पुग्ने विश्वाससमेत महासंघले लिएको छ । महासंघले आफ्नो संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत यसअघि थापाथली प्रसूति गृह, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताललगायतलाई स्वास्थ्य सामग्री सहयोग गरेको थियो । रासस














प्रेस युनियनले भन्याे – कांग्रेसभित्र एकता आवश्यक छ
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औं वार्षिक साधारण सभा सम्पन्न
इरानमा विरोध प्रदर्शन : मृतकको संख्या २५ सय नाघ्याे
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया