स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ५ लाखसम्म जरिवाना (पूर्णपाठ)

काठमाडौँ । स्वास्थ्यकर्मीमाथी कुटपिट तथा हातपात गरे ३ वर्षसम्म कैद र ३ लाख रुपैयाँ वा दुवै सजाय हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८ मा यस्तो व्यवस्था गरिएको छ ।पछिल्लो समय कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मी र चिकित्सकहरूमा आज भएको नयाँ ऐनको दफा ३ अन्तर्गत कसैले पनि स्वास्थ्य उपचारको विषयलाई लिई स्वास्थ्य संस्था वा विरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीविरुद्ध घेराउ गर्ने, हातपात गर्ने वा शारीरिक रूपमा आघात पु¥याउने काम गर्न नपाउने अध्यादेशमा भनिएको छ ।
यसैगरी, दफा ३ (क)मा स्वास्थ्य संस्थामा आगजनी गरेमा २ वर्षदेखि ५ वर्षसम्मको जेल वा २ लाखदेखि ५ लाखसम्म वा दुवै जरिवाना हुने अध्यादेश उल्लेख छ । सोही दफाको (ख)मा स्वास्थ्य संस्थामा तोडफोड वा हानी नोक्सानी गरेमा वा (ग)मा स्वास्थ्य संस्थामा उपचारका कर्मचारीलाई कुटपिट गरेमा तीन वर्षसम्म कैद र ३ लाख रुपैयाँ वा दुवै हुने अध्यादेशमा उल्लेख छ ।
स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यररत कर्मचारीलाई हातपात गरेमा वा कुनै किसिमका धम्की वा गाली गलौच गरेमा एक वर्षसम्म जेल र एक लाख जरिवाना वा दुवै सजाय हुने समेत अध्यादेशमा भनिएको छ ।
यो अध्यादेशलाई चिकित्सकहरूले स्वागतसमेत गरेका छन् । पछिल्लो समय कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरूमाथि पटक–पटक भौतिक आक्रमण तथा दुव्र्यवहारका घटना बढ्न थालेपछि सरकारले दोषीलाई कारबाही गर्न अध्यादेश जारी गरेको छ ।
यो अध्यादेशले स्वास्थ्यकर्मी र चिकित्सकहरूमाथि हुने आक्रमण कम हुने चिकित्सकहरूको आशा व्यक्त गरेका छन् । नेपालमा स्वास्थ्यकर्मीहरूमाथि आक्रमणको घटनाहरू २०६२ सालबाट देखिएको थियो ।
















अटोपत्रकार संघ जामको नयाँ कार्यसमिति चयन, अध्यक्षमा पौडेल र महासचिवमा श्रेष्ठ
पर्यटन प्रवर्द्धनमा प्रचारात्मक कार्यक्रममा जोड
७ हजारभन्दा बढी ‘अनलाइन’ सट्टेबाजी ‘एप’ र ‘वेबसाइट’ बन्द
अमेरिकी सेनाको विमानमा आक्रमण, क्षेत्रीय अस्थिरता बढ्यो
मन्त्रिपरिषद् बैठक बस्दै
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया