ओलीको एकता प्रस्ताव : देउवालाई दिएको समर्थन फिर्ता लिनु, जेठ ३ मा पार्टी फर्किन्छ

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव अघि सारेका छन् । उनले पार्टी एकतालाई लिएर उक्त प्रस्ताव पेश गरेका हुन् ।
प्रधानमन्त्रीसमेत रहेका ओलीले नेकपा एमालेलाई विं.सं. २०७५ को जेठ ३ अनुसार नै अघि बढाउने प्रस्ताव पेश गरेका हुन् । यसका लागि प्रधानमन्त्री नियुक्तिका लागि पार्टीबाट निष्कासित भएका नेता माधव नेपाल समूहले शेरबहादुर देउवालाई दिएको हस्ताक्षरसहितको समर्थन फिर्ता लिन प्रस्ताव गरेका छन् ।
पार्टी एकताका लागि ओलीले अगाडि सारेको प्रस्तावको पहिलो बुँदामा एमालेलाई २०७५ साल जेठ ३ पूर्वको अवस्थामा अगाडि बढाइने बताइएको छ । तर, एकताको पक्षमा उभिएका कमरेडहरूलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने बताइएको छ ।
मातहतका पार्टी कमिटी र जनसंगठनहरु जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने ओलीले बताएका छन् । संगठनात्मक क्षेत्रका निष्कर्षहरुलाई कार्यान्वयन गर्ने क्रममा देखा पर्ने समस्या समाधान लागि कार्यदलले काम गर्ने ओलीको प्रस्ताव छ ।
यसबीचमा कसैले गरेका गल्ती कमजोरीलाई लिएर कसैमाथि कारबाही नचलाइने ओलीले बताएका छन् ।


















काठमाडौँ–१० मा स्थानीय उम्मेदवारका स्थानीय ‘एजेन्डा’
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
इटालीमाथि स्कटल्याण्ड ७३ रनले विजयी
नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल
पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
रास्वपा पूरानाे हाे, सबैभन्दा नयाँ नेपाली कम्युनिस्ट पार्टी हो : प्रचण्ड
प्रतिक्रिया