मलको अभाव नभएको कृषि मन्त्रालयको दाबी

काठमाडौँ । खेती गर्ने समयमा मलको अभाव भएको भन्दै हल्ला भएपछि कृषि विकास मन्त्रालयले मलको अभाव नभएको दाबी गरेको छ ।
२० हजार ८६ मेट्रिक टन युरिया, ३९ हजार २ सय ८६ मेट्रिक टन डीएपी, ४ हजार १ सय ४६ मेट्रिक टन पोटास र ४ सय ४४ मेट्रिक टन कृषि चुना रहेको कृषि मन्त्रालयले जनाएको छ ।
त्यस्तै साल्ट ट्रेडिङ कर्पोरेसनसँग १५ हजार २ सय ४ मेट्रिक टन युरिया, १४ हजार ४ सय ४४ मेट्रिक टन डीएपी र ३ हजार ८ सय ९६ मेट्रिक टन पोटास मौज्दात रहेको मन्त्रालयको दाबी छ ।
जम्मा ३५ हजार २ सय ९० मेट्रिक टन युरिया, ५३ हजार ७ सय ३० मेट्रिक टन डीएपी, ८ हजार ४२ मेट्रिक टन पोटास र ४ सय ४४ मेट्रिक टन कृषि चुना मौज्दात रहेको मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरेले जानकारी दिए ।
उनका अनुसार भारतको कलकत्ताबाट ३० हजार मेट्रिक टन मल, बंगलादेशबाट १९ हजार मेट्रिक टन प्याकिङ भएर ल्याउने तयारी अवस्थामा रहेको र ६५ हजार मेट्रिक टन युरिया मल बाटोमा आउँदै रहेकाले असार पहिलो साताभित्र सबै आउने छ । उनले मलको समस्या कहाँ देखिएको छ ? भन्दै प्रश्न पनि गरेका छन् ।
विगतका वर्षहरुमा जस्तो यो वर्ष मलको अभाव छैन । किसानलाई बालीनाली लगाउने समयमा रासायनिक मलको अभाव हुन नदिने गरी मल वितरण भइरहेको भण्डारीको भनाइ छ ।
सरकारले भारतबाट जीटुजीमार्फत मल ल्याउने सम्झौता गरेको छ । पाँच वर्षका लागि जीटुजीबाट प्रति वर्ष २ लाख मेट्रिक टन रासायनिक मल ल्याउने सम्झौता भएको उनले जानकारी दिए ।
चालु आर्थिक वर्षमा ५ लाख मेट्रिक टन मल आयात गर्नुपर्नेमा ४ लाख मेट्रिक टन अनुदानको मल खरिद भएको प्रवक्ता घिमिरेले बताए । यद्यपी कोरोना भाइरसका कारण सम्बन्धित बिक्री केन्द्र र वितरण गर्ने संस्थामा मल नपुगेको प्रवक्ता घिमिरेले स्वीकार गरेका छन् ।











निर्वाचन अवधीमा मौसम प्रणालीमा समस्या छैन – मौसम विभाग
आईसीसी लिग-२ को तयारीका लागि २० खेलाडी छनोट
रवि लामिछानेलाई दमौलीमा देखाइयो कालो झण्डा, सात जना पक्राउ
सरकारले निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गराउँछः गृहमन्त्री अर्याल
राष्ट्रसंघकी आवासीय संयोजक याहियासँग महासङ्घका अध्यक्ष ढकालको भेटवार्ता
आज २०८२ साल फागुन १३ गते बुधबारको राशिफल
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ
प्रतिक्रिया