ब्याजमा दिने अनुदान दुरुपयोग गरे कारबाही हुन्छ : गर्भनर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पुनरकर्जा र संस्थागत सामाजिक उत्तरदायित्व बापतको खर्चमा भएका दुरुपयोग रोक्ने प्रतिबद्दता जनाएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आज गरेको बजेट कार्यान्वयन र चुनौति विषयक अन्तरक्रियामा उनले ब्याजमा दिने अनुदान बापतको पुर्नकर्जामा केही बैंकको दुरुपयोग देखिएकाले कारबाही गर्ने चेतावनी दिएका हुन् ।
गर्भनर अधिकारीले आफुहरुले दुरुपयोगको प्रमाणका लागि अध्ययन समिति बनाएको जानकारी समेत दिए । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरको अध्यक्षतामा सहुलियतपूर्ण र पुनरकर्जाको अनुगमन गर्नलाई यस्तो अध्ययन समिति गठन भएको र हाल उक्त समितिले अध्ययन जारी राखेको उनले बताए ।
समाजमा सकारात्मक प्रभावका लागि सकारात्मक कार्यमा जोड दिँदै नराम्रो गर्नेले दण्ड व्यवस्थापनका लागि राष्ट्र बैंक अघि बढेको उनको दाबी थियो ।
गभर्नर अधिकारीले यसवर्षको मौद्रिक नीतिमा पनि पुनरकर्जाले निरन्तरता पाउने जानकारी दिँदै यस आर्थिक वर्षको अन्त्यसम्म बैंक वित्तीय संस्थालाई १ करोड रुपैयाँ भन्दा माथिको पुर्नकर्जा पाउनेहरुको सूचि सार्वजनिक गर्नलाई निर्देशन समेत दिए ।
कोरोनाको महामारीले गर्दा आफ्नो व्यवसाय सूचारु गर्न तथा कर्मचारीलाई तलब सुविधा दिनलाई गाह्रो नहोस भन्ने उदेश्यले ५० अर्ब रुपैयाँको राशी भएको व्यवसायिक निरन्तरता कर्जा ल्याइएपनि यो सुरुवाती अवस्थामा भएकाले प्रभावकारी नभएको गुनासो बढेको उनले बताए ।
यो पनि पढ्नुहोस्
बजेटमा खोट नभेटेपछि वातावरणको मुद्दा उठाएर विवाद झिकिएकाे अर्थमन्त्रीकाे गुनासाे
















महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
झापामा दुइवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा एक जनाकाे मृत्यु, एक गम्भीर घाइते
डिजिटल प्रबिधिबाट निर्वाचन परिणाम सार्वजनिक गरिने
‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
चुनावमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
प्रतिक्रिया