भक्तपुर क्यान्सर अस्पतालमा ३५ किलोको ट्युमर निकालियो

भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालमा एक बिरामीका पेटबाट ३५ किलोको मासुको डल्लो (ट्युमर) निकालिएको छ । विगत एक वर्षदेखि पेटमा समस्या झेल्दै आएकी ३२ वर्षीया कुसुम लामाको पेटबाट शल्यक्रिया गरी आइतबार साँझ ट्युमर निकालिएको हो ।
अस्पताल प्रशासन प्रमुख राजाराम तजलेका शल्यक्रियामा चिकित्सकहरु सृष्टि प्रजापति, उषा बादे श्रेष्ठ, अनिसा श्रेष्ठ, रञ्जना मण्डल, र देवकी गुभाजुलगायतको टोली संलग्न थिए । सो टोलीले दुई घण्टा लगाएर शल्यक्रिया गरेको जनाइएको छ ।
यसअघि पनि अस्पतालमा जटिल रोगको शल्यक्रिया गर्दै आए पहिलो पटक ठूलो ट्युमर सफलतापूर्वक निकालिएको जनाइएको छ । आर्थिक अवस्था कमजोर भएको र लकडाउनका कारण अस्पतालमा नियमित परीक्षणमा आउन नसकेपछि कारण रोग पालेर बसिरहेकी लामाको समयमै उपचार हुन नसक्दा ट्युमर बढेर ठूलो भएको चिकित्सकको भनाइ छ ।
बिरामीका आफन्तले शल्यक्रिया शुल्क रु ३० हजारसहित करिब रु ७० हजार तिर्न नसकेको गुनासो गर्दै सहयोग गर्न आग्रह गरेका छन् । अस्पतालले सक्नेजति छुट गर्नेबारेमा छलफल भइरहेको जनाएको छ ।















आजको मौसम पूर्वानुमान : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्रा विनिमयदर
आज २०८२ साल चैत २३ गते सोमबारको राशिफल
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
प्रतिक्रिया