आजको राशिफलः ज्येष्ठ २५ गते मंगलबार

काठमाडौं । आज २०७८ साल ज्येष्ठ महिनाको २५ गते मंगलबार, ज्येष्ठ कृष्णपक्षको त्रयोदशी तिथि । अब लागौं आजको राशिफलतर्फ
मेष
पेशागत जीवन अनुकुल रहने छ । नरम खालको व्यक्तित्व र स्वाभाव हुने छ । भित्रि बुद्धिको चलाखीका कारण पारीवारिक जीवनमा नेतृत्व गर्न पाइने छ । सुख सन्तोष प्राप्त हुने छ । थोरै प्राप्तिमा पनि मन खुशी रहने छ । अध्ययन अध्यापनमा मन जाने छ । बोलीमा भने कडापना देखिने भएकाले सतर्क रहनु होला । चार्टड एकाउण्टेण्ट, आयात निर्यात, लेखा ब्यवसाय, निर्माणका सामग्री, गिटी, वालुवा, सिमेण्ट, फलामका वस्तुहरु जस्ता क्षेत्रमा सक्रियहरुलाई फाइदा मिल्ने छ ।
वृष
आत्माविश्वासी व्यक्तित्व हुने छ । दृढ ब्यक्तित्व हुने छ । तर रिस कडा हुने भएकाले रिस नियन्त्रणमा ध्यान दिनु होला । सुख, सुविधाको उपभोग गर्न मिल्ने छ । मनमा भने खिन्नताले सताउने छ । मनलाई नियन्त्रण गर्न गम्भीर प्रयास गर्नु होला । साझेदारीमा रहेका कामहरुमा भने अबरोध देखा पर्ने छ । पेशागत जीवन औसत अवस्थामा रहने छ । राजनीति, श्रम क्षेत्र, निर्माण जगत, फोहर ब्यवस्थापन, प्रशासन, व्यवस्थापन, कवाडीको सामान आदीको व्यापारमा संलग्नहरुलाई समय अनुकुल रहने छ ।
मिथुन
आत्माविश्वासमा पनि कमि देखिने छ । समय संयमित रहनु पर्ने खालको छ । व्यवस्थापकीय क्षमतामा कमि आउने छ । परिवारमा बिबाद र समस्या आउने भएकाले सतर्कतासहित अघि बढ्नु होला । बोलीको प्रभाव घट्ने छ । आम्दानीमा भने केही सकारात्मकता वातावरण तयार हुने छ । भाग्यको साथ नरहेकाले सकारात्मक परिणाम आउन कठिन हुने छ । जीवनसाथिको साथ लिएर कार्य गरेमा फाइदा मिल्ने छ । पत्रकारिता, शैक्षिक क्षेत्र, अध्यापन, शिक्षण, जस्ता विधामा संलग्नहरुलाई सकारात्मक रहने छ ।
कर्कट
आँट र दृढताको कमि हुने छ । कमजोर मनोबल भएको ब्यक्तित्व हुन पुग्ने छ । संयमित भएर अघि बढ्नु पर्ने समय छ । दुविधात्मक ब्यक्तित्व बन्ने हुँदा अन्योलता बढाउने छ । निर्णय क्षमतामा ह्रास आउन जाँदा कुनै पनि विषयमा निर्णय लिन कठिन हुने छ । प्रतिष्पर्धात्मक क्षमतामा पनि गिरावट आउने छ । पेशाप्रति समर्पित हुन भने मन लाग्ने छ । भगवान गणेश तथा हनुमानको पूजा गरेमा नकारात्मकताबाट बच्न सकिने छ । सेक्युरिटी क्षेत्र, बाउन्सर, सेना, प्रहरी, रेष्टुरेण्ट, होटल, डान्सबार, आदी क्षेत्रमा कार्यरतहरुलाई समय प्रतिकुल छ ।
सिंह
शारीरिक चोटपटकको समय सक्रिय रहेकाले संयमित रहनु होला । अस्पतालको खर्च गर्नु पर्ने बाध्यात्मक अवस्था आउने छ । समय संयमित भएर हिड्नु पर्ने खालको छ । भाग्यहिनताको अवस्था रहेकाले सुख सन्तोष हुने छैन् । घर घडेरी, फ्ल्याट बेच्नु पर्ने बाध्यात्मक अवस्था आउन सक्ने वा घर घडेरीका विषयमा घाटा ब्योहर्नु पर्ने समय रहेकाले यस विषयमा धैर्यतासाथ अघि बढ्नु पर्ने देखिन्छ । साझेदारीमा गरिएका काममा बिबाद बढ्ने छ । ब्यापारमा र उच्च व्यवस्थापन क्षेत्रमा सक्रियहरुलाई भने धेरै नकारात्मक अवस्था आउने छैन् ।
कन्या
मनमा देखा पर्ने अशान्ति तथा उदासिनतालाई नियन्त्रण गर्न ध्यान दिनु होला । आम्दानीमा भारी गिरावट आउने छ । मनोबलको कमि हुनाले लक्ष्यमा बिचलन आउने छ । मनमा दुविधाले सताउने छ ।साझेदारीका कामहरुमा अबरोधहरु देखा पर्ने छन् । दाम्पत्य जीवनमा पनि समस्या आउने भएकाले संयमित रहनु होला । भाग्यको साथ रहेकाले स्टेशनरी, व्यवस्थापन, वाणिज्य क्षेत्र जस्ता पेशामा आवद्धहरुलाई समय अनुकुल तर्फ ढल्कने छ ।
तुला
परिवारमा किचलो देखा पर्ने छ । आँखा, दाँत तथा अनुहारजन्य समस्या देखा पर्ने छ । जीवनसाथिको साथ सहित काम गरेमा त्यो निकै प्रतिफल प्राप्त हुने छ । पितासँग दृष्टिकोण नमिल्दा मनमुटाव देखा पर्ने छ । साझेदारीमा गरिएका काममा प्रगति हुन जाने भएकाले फाइदा मिल्ने छ । त्यसैगरी आफ्नो कार्यालयका हाकिमहरुसँग पनि बिबाद बढ्ने भएकाले यसबारेमा उच्च संयमताको आवश्यकता देखिन्छ । श्रम आपूर्ति, फलामजन्य कारोवार, मलको कारोवार, विषादीको कारोवार, पेट्रोलिय पदार्थको कारोवार आदीमा संलग्नहरुलाई समय अनुकुल रहने छ ।
वृश्चिक
मनमा नकारात्मक भावनाले सताउने छ । भाग्यहिनताले गर्दा शारीरिक समस्या देखा पर्ने छ । उच्च रक्तचाप, रक्त अल्पता, हृयदघाट आदी जस्ता विषयमा सतर्क रहनु होला । मनमा दुविधात्मक विचारले सताउने छ । एक पछि अर्काे समानान्तर विचार आउने भएकाले निर्णय क्षमतामा गिरावट आउने छ । शारीरिक अभ्यास र योगाभ्यासमा अनुशासित तरीकाले ध्यान दिनु होला । पेशागत जीवनमा समस्या देखा पर्न जाने देखिएकाले संयमित हुनु पर्ने समय छ ।सुरक्षा निकाय, जलविद्युत, होटल, रेष्टुरेण्ट, डान्सबार, बाउन्सर, खेलाडि, बडिगार्ड जस्ता पेशामा आवद्धहरुलाई समय प्रतिकुल रहेको छ ।
धनु
अध्ययन अध्यापनमा पटक्कै मन जाने छैन् । भित्रि बुद्धिको सक्रियतामा शिथिलता आउने छ । लद्युताभाषले गर्दा आफु निरिह भएको महशुस हुनेछ । तर आन्तरिक रुपमा भने प्रतिष्पर्धात्मक विचारले दृढता पाउने छ । शारीरिक कमजोरी अध्याधिक बढ्न जाने र रगतजन्य समस्या, उच्च रक्तचाप, हृयदसम्बन्धी समस्याको चुनौति रहेकाले शारीरिक अभ्यास र योगाभ्यासमा ध्यान दिनु होला । सन्तानबाट सुखको अभाव हुने छ भने सन्तानका क्रियाकलापले अपजस आउने छ । बोलीमा अस्वाभाविक कडापना आउने भएकाले संयमित रहनु होला ।स्टेशनरी, पत्रकारिता, वाणिज्य, ब्यापार, व्यवस्थापन, जस्ता क्षेत्रमा सक्रियहरुलाई समय प्रतिकुल रहने छ ।
मकर
व्यक्तित्व दृढ खालको बन्ने छ । तर अनावश्यक क्षेत्र र विषयमा पनि कडा प्रकारको व्यवहार देखा पर्ने भएकाले यस विषयमा विचार पुर्याउनु होला । रिस कडा खालको हुने भएकाले यसबारेमा ध्यान दिनु होला । जीवनसाथिको साथ लिएर काम गरेमा कार्य सफलता मिल्ने छ । पेशागत जीवनमा पनि समस्या देखा पर्ने छ । भान्साको सामानको कारोवार, घरायशी सामानको कारोवार, सजावटका सामानको कारोवार, ब्युटिसियन, सौन्दर्य प्रशाधन, गर्नेहरुलाई समय प्रतिकुल रहने छ ।
कुम्भ
वौद्धिक क्षमतामा बृद्धि हुने छ । ज्ञान विज्ञानका क्षेत्रमा तिब्रता आउने छ । निर्धारित यात्रामा समस्या आउने छ । मेहनत र पराक्रमी स्वाभावमा कमि आउने छ । बौद्धिक क्षेत्र, प्राज्ञिक क्षेत्र, लेखन, परामर्श, धार्मिक क्षेत्र आदीमा संलग्नहरुलाई समय अनुकुल बन्दै जाने छ । मनमा सुखको शान्तिको आभाष हुने छ । सन्तानले गरेका कामबाट सुख पाइने छ । अध्ययन अध्यापनमा पर्याप्त मन जाने छ । पेशागत जीवनमा भने संयमित भएर कदम चाल्नु पर्ने समय छ । प्रतिष्पर्धात्मक स्वाभावमा पनि कमि आउने भएकाले प्रतिष्पर्धीले हेप्न पुग्ने छन् ।
मीन
परिवारको तपाईप्रति भरोसा बढ्ने छ । बाणिमा मिठासपना आउने भएकाले अरुको मन जित्न सकिने छ । अध्ययन अध्यापनमा पटक्कै मन लाग्ने छैन् । विद्यार्थी जीवनमा रहेकाहरुले पढाईमा प्रगति गर्न सक्ने छैनन् । पेशागत जीवनमा पनि उल्झनहरु देखा पर्ने भएकाले विचार पुर्याउनु होला । समग्रमा ब्यापारमा संलग्नहरुलाई यो समय प्रतिकुल रहेको छ । अध्यापन, शिक्षण, बौद्धिक क्षेत्र, शिक्षा क्षेत्र, स्टेशनरी, धार्मिक क्षेत्र जस्ता क्षेत्रमा संलग्नहरुलाई समय प्रतिकुल रहेको छ ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८









एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रवि लामिछाने आज नछुट्ने
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
प्रतिक्रिया