बौद्धमा वेवारिसे शव फेला : अनुसन्धानका लागि कुकुरको प्रयोग
शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइयो
मेरोन्यूज
२०७८ जेठ २५ गते ११:३५

काठमाडौं । काठमाडौंको नयाँबस्तीमा सिमेन्टको बोराभित्र भेटिएको शव विभत्स तरिकाले हत्यापछि फ्याँकिएको पाइएको छ । प्रहरीका अनुसार दुई साताअघि नै हत्या भएर शरीरका केही भाग मात्रै फ्याँकिएको पाइएको छ ।
मंगलबार बिहान दुबो टिप्न गएकी एक महिलाले बोरा देखेर शंका लागेपछि प्रहरीलाई खबर गरेका थिए । उक्त खबर पाउने बितिकै प्रहरीको टोली अनुसन्धानमा खटिएको छ ।
अनुसन्धानका लागि तालीम प्राप्त कुकुरको प्रयोग गरेको काठमाडौंका एसपी रमेश बस्नेतले बताए । सिमेन्टको बोरामा पोको बनाएर फालेको अवस्थामा शव फेला परेको खबर आएपछि महानगरीय प्रहरी वृत्त बौद्ध र महानगरीय प्रहरी परिसर काठमाडौंको टोली घटनास्थलमा पुगेको छ ।
शव पोस्टमार्टम र डीएनए प्रोफाइलका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित


















‘बोरिङ लिफ्ट’ खानेपानी आयोजना निर्माण सुरु
विश्वविद्यालयबाट विद्यार्थी र कर्मचारी संगठन हटाउन प्रधानमन्त्रीको निर्देशन
रास्वपा महामन्त्रीमा भूपदेव शाह
दुई दिन सार्वजनिक बिदाले मानहुँकोटमा बढ्यो पर्यटकको चहलपहल
यूएई जान लागेकाको पासपोर्टमा काम गर्न निषेध लेख्ने अध्यागमनका २ अधिकृतलाई जिम्मेवारीबाट हटाइयाे
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
प्रतिक्रिया