गणतन्त्र बचाउन सरकारले विश्वासको मत पायो : मुख्यमन्त्री भट्ट
मेरोन्यूज
२०७८ जेठ २५ गते १२:४८

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएका छन् । उनले कूल मतमध्ये ३० मत प्राप्त गरेका हुन् ।
विश्वासको मत पाएसँगै मुख्यमन्त्री भट्टले आफूले प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम प्रदेशसभामा विश्वासको मत पाएको बताएका छन् । उनले भने, ‘लोकतन्त्र तथा गणतन्त्रको थप संस्थागत विकास गर्नका लागि विश्वासको मत प्राप्त भएको छ ।’
संविधान, लोकतन्त्र र गणतन्त्रको विकाससँगै यसको कार्यान्वयन गर्न सरकारले विश्वासको मत पाएको मुख्यमन्त्री भट्टले बताए ।
सुदूरपश्चिम प्रदेश सभामा ५२ सदस्यमध्ये विश्वासको मत प्राप्त गर्न २७ मत आवश्यक पर्दछ । जसमा एमालेका २४ जना र माओवादीका १३ जना छन् । यस्तै, कांग्रेसका १२ जना र जनता समाजवादी पार्टी (जसपा) नेपालका दुई जना सदस्य छन्
सम्बन्धित
















एनआईसी एसिया बैंक र स्तुपा कम्युनिटी हस्पिटलबीच छुट सम्झौता
निर्वाचनमा प्रयोग नभएका ४० प्रतिशत मतपत्र धुल्याइने
पीएम कप : गण्डकीमाथि बागमतीको शानदार जित
मंगलबार पनि बढ्याे नेप्से, २३ अंकले बढ्दा १४ अर्ब ८३ करोडकाे काराेबार
कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
प्रतिक्रिया