गणतन्त्र बचाउन सरकारले विश्वासको मत पायो : मुख्यमन्त्री भट्ट
मेरोन्यूज
२०७८ जेठ २५ गते १२:४८

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएका छन् । उनले कूल मतमध्ये ३० मत प्राप्त गरेका हुन् ।
विश्वासको मत पाएसँगै मुख्यमन्त्री भट्टले आफूले प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम प्रदेशसभामा विश्वासको मत पाएको बताएका छन् । उनले भने, ‘लोकतन्त्र तथा गणतन्त्रको थप संस्थागत विकास गर्नका लागि विश्वासको मत प्राप्त भएको छ ।’
संविधान, लोकतन्त्र र गणतन्त्रको विकाससँगै यसको कार्यान्वयन गर्न सरकारले विश्वासको मत पाएको मुख्यमन्त्री भट्टले बताए ।
सुदूरपश्चिम प्रदेश सभामा ५२ सदस्यमध्ये विश्वासको मत प्राप्त गर्न २७ मत आवश्यक पर्दछ । जसमा एमालेका २४ जना र माओवादीका १३ जना छन् । यस्तै, कांग्रेसका १२ जना र जनता समाजवादी पार्टी (जसपा) नेपालका दुई जना सदस्य छन्
सम्बन्धित












खासा क्षेत्रमा भीषण आगो लागेपछि तातोपानी नाका बन्द
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
पूर्वीनाकाबाट गोलभेँडाको आयात ९३२ प्रतिशतले बढ्यो
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
प्रतिक्रिया