‘ओ माई गड २’ मा यमी

काठमाडौँ । बलिउड चलचित्र ‘ओ माई गड २’मा विवाहपछि यमी गौतमले अभिनय गर्ने भएकी छन् । अक्षय कुमार अघिल्लो पार्टमा भगवानको भूमिकाको जस्तै २ मा पनि भगवानकै पात्रमा देखिने छन् ।
फिल्ममा अक्षय र पंकज त्रिपाठी अनुबन्ध भएपछि अभिनेत्रीको खोजीमा रहेको निर्माण टिमले गौतमलाई छानेको हो । केही दिनअघि निर्देशक आदित्य धरसँग विवाह गरेकी उनको फिल्ममा महत्त्वपूर्ण रोल रहेको बताइएको छ ।
पहिलो भागमा एक व्यक्तिको भगवानसँगको लडाईं देखाइएको थियो । अब फिल्मको कहानीमा ट्विस्ट दिँदै तीन चरित्रलाई लिडमा राखिएको छ । यमी पहिलोपटक अक्षय कुमारसँग काम गर्नका लागि निकै उत्साहित छिन् । फिल्ममा आफ्नो चरित्र मन परेपछि उनले तुरुन्तै काम गर्न स्वीकृति जनाएकी थिइन् ।
सन् २०१२ मा रिलिज भएको सुपरहिट चलचित्र ‘ओ माई गड’ को आउँदो सेप्टेम्बरबाट छायांकन सुरु हुने हिन्दी समाचारमाध्यमले जनाएका छन् । ‘ओ माई गड’लाई उमेश शुक्लाले निर्देशन गरेका थिए भने दोस्रोपार्टमा निर्देशन अमित रायले गर्ने भएका छन् । फिल्मको डेढ वर्षदेखि स्क्रिप्टमा काम भइरहेको निर्माता पक्षले जनाएको छ ।










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया