लकडाउनमा ‘ज्योति सिंगिङ स्टार’मा सहभागी बनेर जित्नुहोस् पुरस्कार

काठमाडौँ । गीत, संगीतमा रुची राख्नेका लागि ज्योति म्युजिकले नयाँ अफर ल्याएको छ । लकडाउनको समयमा घरमै बसेर यो अफरको फाइदा लिन सकिनेछ । ज्योति म्युजिकले ‘ज्योति सिंगिङ स्टार’ प्रतियोगिताको आयोजना गर्दैछ । यस प्रतियोगितामा अनलाइनबाट भाग लिन सकिनेछ ।
प्रतियोगितामा नेपाली र नेपाल भाषा (नेवारी भाषा)मा आफ्नो स्वरमा गीत रेकर्ड गरेर पठाउनु पर्नेछ । प्रतियोगीका गीत ज्योति म्युजिकको अफिसियल युट्युव च्यानलमा अपलोड हुने छन् । आयोजकका अनुसार यो प्रतियोगिता चार चरणमा सम्पन्न हुनेछ ।
प्रतियोगितामा १३ वर्षमाथिका देश तथा विदेशमा रहेका नेपालीले भाग लिन सक्ने छन् । अनुभवि निर्णायकले विजयी प्रतियोगीको छनौट गर्ने छन् । ज्योति सिंगिङ स्टार नेपाल भाषा र नेपाली भाषा दुवैतर्फका विजेता प्रथम, द्वितीय र तृतीय गायक, गायिकाले आफ्नो एकल गीत रेकर्ड गर्ने मौका पाउने छन् ।
साथै ६ जना गायक तथा गायिकाका म्युजिक भिडिओ ज्योति म्युजिकले निर्माण गरिदिने छ । उक्त भिडिओ ज्योति म्युजिकको अफिसियल च्यानलमा अपलोड हुने बताइएको छ । साथै ६ जना गायक तथा गायिका अन्य विभिन्न पुरस्कार पनि प्राप्त गर्ने छन् ।
प्रतियोगितामा कसरी सहभागी हुने ?
यस प्रतियोगितामा इमेल वा ह्वाट्स एपमार्फत सहभागी बन्न सकिने छ । इच्छुकले गीत रेकर्ड गरेर यी दुईमध्ये जुनसुकै माध्यममा पठाउन सक्ने छन् । विस्तृत जानकारीका लागि ः आयोजक अमोघ वीर बज्राचार्य ९८४१७१२७७५, मञ्जिल शाक्य ९८४१६९९७६५ मा सम्पर्क गरेर विस्तृत जानकारी लिन सक्नेछन् ।
आयोजकका अनुसार प्रतियोगिताका सबै सूचनाहरु ज्योती म्युजिकको अफिसियल फेसबुक, इन्स्टाग्रामको पेजमा अपलोड गरिने छ ।













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया