कर्णाली प्रदेशलाई ५२ हजार मात्रा भेरोसेल खोप

कर्णाली । कर्णाली प्रदेशमा कोभिड-१९ विरुद्धको भेरोसेल खोप करिब ५२ हजार मात्रा प्राप्त भएको छ । चीन सरकारको अनुदान सहयोगमा सङ्घीय सरकारलाई उपलब्ध भएको भेरोसेल खोपको उक्त मात्रा कर्णाली प्रदेशमा प्राप्त भएको हो ।
सो खोप कर्णालीका १० वटै जिल्लामा पुगिसकेको बताइएको छ । खोप ६२ देखि ६५ वर्ष उमेरसमूहका नागरिकलाई दिइने स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक डा रविन खड्काले जानकारी दिए ।
प्रदेशका सबै जिल्लाको तथ्याङ्कलाई आधार मानेर पठाइएको सो खोप सम्बन्धित जिल्लाका स्वास्थ्य सेवा कार्यालयले आ–आफ्नो अनुकूलताका आधारमा सो समूहका ज्येष्ठ नागरिकलाई दिइने उनको भनाइ छ ।
निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीका अनुसार प्राप्त खोपको मात्रामध्ये डोल्पामा एक हजार २१०, मुगुमा एक हजार ८२९, हुम्लामा एक हजार ६८०, जुम्लामा तीन हजार ६३६, कालीकोटमा चार हजार ५२९, दैलेखमा आठ हजार ४९५, जाजरकोटमा पाँच हजार ६७३, रुकुमपश्चिममा चार हजार ८५८, सल्यानमा सात हजार ७६८ र सुर्खेतमा ११ हजार ९७२ पठाइसकिएको छ ।
“हामीले गत माघको १४ देखि २४ गतेसम्म पहिलो चरणको पहिलो प्राथमिकतामा रहेका नौ हजार ४८४ जनालाई कोभिशिल्ड खोप लगायौं”, उनले भने, “पहिलो चरणकै दोस्रो प्राथमिकतामा रहेका नागरिकलाई २१ हजार ७४२ खोप लगाइएको छ ।”
दोस्रो चरणमा गत फागुन २३ देखि चैत २ गतेसम्म ८१ हजार ४९६ जनालाई कोभिशिल्ड खोप दिएको तर उनीहरुले दोस्रो डोज लगाउन पाएका छैनन् । हालसम्म एक लाख १२ हजार ७२२ जना कर्णालीवासीले कोभिशिल्ड खाेप लिएका छन् । उनीहरुलाई दोस्रो डोज लगाउन भने कोभिशिल्ड खोप हुनुपर्नेछ ।
















मातृभूमिमा लगानीका लागि अभिप्रेरित गर्न गैरआवीय नेपालीलाई राष्ट्रपतिको आह्वान
प्रतिनिधिसभा बैठक जारी
युद्धको घेरामा मध्यपूर्व, विश्व चिन्तामा
चन्द्रगढी महिला गोल्डकपको खेलतालिका सार्वजनिक
नेकपा कार्यसंयोजन समितिको बैठक जारी
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
नेपाली क्लाइम्बिङ टोली चीन जाने
प्रतिक्रिया