फ्रान्सका राष्ट्रपति म्याक्रोनलाई सार्वजनिक स्थलमै ‘झापड’
मेरोन्यूज
२०७८ जेठ २६ गते १२:१८

काठमाडाैं । फ्रान्सका राष्ट्रपति एमानुएल म्याक्रोनलाई देशको दक्षिणपूर्वी क्षेत्रमा भ्रमण गरिरहेको बेला एक जनाले थप्पड हानेका छन् ।
विविसीका अनुसार बाटोमा उभिएका व्यक्तिसँग कुराकानी गरिरहेकै अवस्थामा एक व्यक्तिले राष्ट्रपति म्याक्रोनलाई झापड हानेका थिए । यो घटना लगत्तै राष्ट्रपति म्याक्रोनको सुरक्षा टोलीले परिस्थितिलाई नियन्त्रणमा लिएको छ ।
घटनामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् । फ्रान्सको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा ती व्यक्तिले राष्ट्रपतिलाई हिर्काउने प्रयत्न गरेको उल्लेख छ । घटनापछि म्याक्रोनले यसलाई एक असामान्य घटनाको प्रतिक्रिया दिएका छन् ।
‘हामीले अति हिंस्रक मानिसहरूलाई सार्वजनिक बहसमाथि नियन्त्रण जमाउन दिनु हुँदैन । ती यसको लायक छैनन् ।’ उनले भने । उनले राजनीतिक वातावरण बिग्रिरहेको अस्वीकार गरेका छन् ।
सम्बन्धित
















दाङमा सवारी दुर्घटनाको अवस्थाः चार वर्षमा तीन सय बढीको मृत्यु
युक्रेनमा रूसी आक्रमण जारी, दुई जनाको मृत्यु, २१ घाइते
पर्वतमा चट्याङ लागेर एक महिलाको मृत्यु
गैरीगाउँको सुकुम्बासी बस्ती हटाउन सुरु
दशरथ रङ्गशालामा सुकुमवासीको ‘स्क्रिनिङ’: चार परिवारलाई कीर्तिपुर पठाइयो
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
नेपाल ‘ए’ ओमानसँग पराजित
संसदका दुवै सदनको अधिवेशन आह्वान
फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
प्रतिक्रिया