ज्वाला बलिरहने नाबिस्थान मन्दिर निर्माण हुँदै

काठमाडौं । दैलेखको प्रसिद्ध तीर्थस्थल मानिएको दुईवटा ज्वाला निरन्तर बलिरहने पञ्चकोशीधाममध्येको एक शक्तिपीठ नाबिस्थान मन्दिरको पुनः निर्माण कार्यको काम थालिएको छ । पुरातत्व विभागबाट रु ४० लाख रकम विनियोजन भएपछि नाबिस्थान मन्दिर पुनःनिर्माण हुन लागेको हो ।
निषेधाज्ञाको समयमा पनि स्वास्थ्य मापदण्डको पालना गर्दै निर्माण कम्पनीले मन्दिर निर्माण कार्य थालनी गरेको छ । मन्दिर निर्माणको जिम्मा पुष्प निर्माण कम्पनीले पाएको छ । लामो समयसम्म पुनः निर्माण हुन नसक्दा धार्मिक र ऐतिहासिक महत्व बोकेको मन्दिर जीर्ण हुँदै भत्किने अवस्थामा पुगेका बेला मन्दिरलाई पुनः बनाउन लागेको देख्दा निकै खुशी भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नवीन योगीले जानए । मन्दिर पुरानै शैलीमा निर्माण गरिने निर्माण कम्पनीका ठेकेदार मथुराप्रसाद जैसीले बताए ।
स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै आगामी असार मसान्तसम्म मन्दिर निर्माण कार्य सम्पन्न गरिने पनि उनले बताए । डिपिआर मन्दिर व्यवस्थापन समितिले गरेको सोही अनुसार निर्माण कम्पनीले निर्माण गर्ने व्यवस्थापन समितिका अध्यक्ष नवीन योगीले जनाए। उनका अनुसार मन्दिर पुरानै शैलीमा काठको कलात्मक ढाँचा र ढुङ्गामाटो प्रयोग गरी छाना पुरानै झिङ्गटीले छाइनेछ । स्टिमेटअनुसार धमाधम काम भइरहेको र सम्झौता समयावधिभित्रै निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गरिने निर्माण कम्पनीले जनाएको छ ।
नाबिस्थान मन्दिर यहाँको प्रसिद्ध धार्मिक तीर्थस्थल पञ्चकोशीधाममध्येको एक शक्ति पीठ मानिन्छ । दैलेखको पवित्र तीर्थस्थलले परिचित पञ्चकोशीधामअन्तर्गतमा श्रीस्थान, नाबिस्थान, पादुका, धुलेश्वर र कोटिला मन्दिरलाई सूचीकृत गरिएको छ । सो मन्दिरमा अनवरत रुपमा सदियाँैदेखि दुई ज्वाला निरन्तर बलिरहेका छन् भने धार्मिक तथा आन्तरिक पर्यटनको आकर्षक गन्तव्य पनि रहेको छ ।
















मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
पर्यटकका रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड
बिक्री हुन थाल्यो तम्घासमा फोहोर
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
प्रतिक्रिया