कांग्रेसको १४ औं महाधिवेशन
समयमै महाधिवेशन गर्ने गरी काम अघि बढाउन नेताहरूलाई देउवाको निर्देशन

काठमाडौँ / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन तोकिएको समयमा गर्ने गरी तयारी अगाडि बढाउन नेताहरूलाई निर्देशन दिएका छन् । आफ्नो निवास बुढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारीलाई बोलाएर आफू समयमै महाधिवेशन गर्न प्रतिबद्ध भएकाले त्यस अनुसार काम अगाडि बढाउन निर्देशन दिएका हुन् ।
अनौपचारिक बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका सदस्यहरूलाई पनि बोलाइएको थियो । ६ फागुनमा बसेको पार्टी केन्द्रीय कार्यसमिति बैठकले नेता रमेश लेखक नेतृत्वको समितिलाई ३१ जेठसम्म नयाँ र नविकरणको सम्पूर्ण निर्णय गरेर अन्तिम नामावली सभापति देउवालाई बुझाउने निर्देशन दिएको थियो ।
त्यो नामावलीलाई देउवाले प्रमाणित गरि ७ असारमा केन्द्रीय कार्यालयले सदस्यताको अन्तिम नामावली प्रकाशित गर्ने र २० असारमा गाउँ-नगरका वडा अधिवेशन गर्ने कार्यतालिका छ । तर, २५ जेठसम्म क्रियाशील सदस्यता छानबिन समितिले वैशाख ३०, २०७८ मा ४५ जिल्लाका ८० र जेठ १५ गते १६ जिल्लाका २१ स्थान गरी कूल १०१ स्थानको क्रियाशील सदस्यताको नामावलीमात्रै पार्टीको आधिकारिक वेवसाइटमा सार्वजनिक गरेको छ ।
कार्यतालिका अनुरुप क्रियाशील सदस्यताको अन्तिम नामावली बुझाउन १२ दिन मात्रै बाँकी रहँदा अझै ६४ निर्वाचन क्षेत्रको नामावली सार्वजनिक नै भएको छैन । अहिलेसम्म सप्तरी, सिन्धुपाल्चोक, बारा र सोलुखुम्बुमा क्रियाशील सदस्यता वितरण सुरु नै भएको छैन । तर केन्द्रीय कार्यालयले भने सिन्धुपाल्चोक वाहेक सवैतिर शुरु भईसकेको बताउँदै आएको छ । वितरण भएका मध्य प्रदेश–२ का धनुषा, सर्लाही, रौतहट, पर्सा र सिराहामा सदस्यतामा विवाद रहेको छानबिन समितिमा उजुरी परेको छ ।
लुम्बिनी प्रदेशका बर्दिया, बाँके, रुपन्देही, रोल्पा, दाङ, सिन्धुपाल्चोक,काठमाडौं र काभ्रे, प्रदेश–१ का धनकुटा, सुनसरी र मोरङमा तथा सुदूरपश्चिम प्रदेशको कैलालीमा विवाद छ । विवादित स्थानमा बैशाख १६ गतेबाट १० दिनका लागि प्रारम्भिक नामावली पार्टी सर्भरमा इन्ट्रको समय दिइएको थियो । त्यो समय आज सकिएको छ ।
छानबिन समिति स्रोतका अनुसार अहिलेसम्म इन्ट्र पनि पूरा भएको छैन । दुई चरणमा सार्वजनिक गरिएका स्थानमा पनि व्यापक उजुरी परेका छन् । तर, उजुरीको पोको नै समितिले खोलेको छैन ।


















कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
काठमाडौँ विश्वविद्यालय अमेरिकाको ‘एचई उच्च शिक्षा र्याङ्किङ’मा १२२ औँ स्थानमा
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रतिक्रिया