प्रदेश २ काे सरकार जाेगाउन मुख्यमन्त्री राउतले गरे कांग्रेससँग २ बुँदे सहमति
३ मन्त्रालय लिएर कांग्रेस सरकारमा सहभागी हुँदै

काठमाडाैं । प्रदेशकाे नेतृत्व गरिरहेकाे जनता समाजवादी पार्टी (जसपा) भित्र विवाद बढेपछि प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउते प्रदेश सरकार जाेगाउन नेपाली कांग्रेससँग २ बुँदे सहमति गरेका छन् ।
जसपाको तर्फबाट मुख्यमन्त्री तथा संसदीय दलका नेता राउत र कांग्रेसको तर्फबाट संसदीय दलका नेता राम सरोज यादवले सहमतिमा हस्ताक्षर गरेका छन् । सहमतिपत्रमा लोकतन्त्र, संघीयता, समावेशी समानुपातिक र प्रादेशिक अधिकारको संरक्षण र सम्बर्द्धन तथा सुदृढिकरण गर्न लालबाबु राउत नेतृत्वको सरकारमा सहभागी हुने उल्लेख छ ।
यस्तै प्रादेशिक आवश्यकता र विज्ञहरुको रायसहित मन्त्रिपरिषद्को संरचना र कार्यविभाजनलाई अझ वैज्ञानिक बनाइ मन्त्रिपरिषद् थपघट गर्न सकिने पनि सहमतिपत्रमा उल्लेख छ ।
सहमतिअनुसार मुख्यमन्त्री राउतले मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् । अहिले साँझ साढे ७ बजे मन्त्रीहरुलाई सपथ ग्रहणको कार्यक्रम प्रदेश प्रमुखको कार्यालयमा राखिएको छ । जसपाभित्रको विवादले पार्टी विभाजनतिर अगाडि बढेपछि मुख्यमन्त्री राउतले महन्थ ठाकुर पक्षका ४ मन्त्रीलाई बर्खास्त गरेका थिए ।
कांग्रेस र नेकपा (माओवादी केन्द्र) लाई साथ लिएर अहिले उनले सत्ता गठबन्धन चलाउन लागेका हुन् । मन्त्रालय टुक्राएरै उनले सत्ता सहयात्राका लागि कांग्रेस र माओवादीलाई भित्र्याउन लागेका हुन् ।
सहमतिअनुसार कांग्रेसले ३ र माओवादीले २ मन्त्रालयले पाउनेछन् ।

















दुग्ध उत्पादक किसानले ५५ करोड भूक्तानी पाएनन्
इरान–इजरायल तनाव थप चर्कियो
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो, आज कतिमा काराेबार हुँदैछ ?
भैरहवामा महिलाको हत्या अभियोगमा किशोर पक्राउ
Four people dead in separate road accidents
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
प्रतिक्रिया