एक दिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा १० हजार भत्ता

काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान)ले नयाँ आर्थिक कार्यविधि पारित गरेको छ । क्यान कार्यसमितिको बैठकले सो कार्यविधि पारित गरेको हो । दुई दशकपछि क्यानले कार्यविधिमा परिमार्जन गरेको हो । कार्यविधिमा खेलाडीको खेल भत्ता बढाइएको छ ।
खेलाडीले एक दिवसीय अन्तरराष्ट्रिय प्रतियोगिता खेल्दा रु १० हजार भत्ता पाउने छन् । यसअघि टी २० अन्तरराष्ट्रिय प्रतियोगिता खेल्दा रु पाँच हजार भत्ता पाइन्थ्यो । यस्तै महिला खेलाडीले एक दिवसीय प्रतियोगिताको रु पाँच हजार र टी २० प्रतियोगितामा रु तीन हजार पाउनेछन् ।
खेलाडीले बन्द प्रशिक्षणमा दैनिक रु पाँच सय भत्ता पाउने कार्यविधिमा व्यवस्था गरिएको छ । घरेलु प्रतियोगिता हुँदा खेलाडीले रु पाँच सय भत्ता पाउने क्यानले जनाएको छ ।
क्यानले कोषाध्यक्ष रोशन सिंहका संयोजकत्वमा तीन सदस्यीय आर्थिक कार्यविधि तयार समिति गठन गरेको थियो । समितिका सदस्यमा दुर्गाराज पाठक र माधव कर्माचार्य रहेकाे थिए ।

















काठमाडौँ उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै
दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
यस्तो छ बुधबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : कस्ताे रहला आज देशभरकाे माैसम ?
चैत ४ गते बुधबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
गोरखा माइक्रोबस दुर्घटना अपडेटः मृतक सात भारतीयको पहिचान खुल्याे
प्रतिक्रिया