एमाले भित्रको कलह
किन अस्वीकार गरे माधव नेपालले दोस्रो अध्यक्ष ?
पार्टी अध्यक्ष केपी ओलीबाटै दोस्रो अध्यक्ष भएर काम गर्नुस् भन्ने प्रस्ताव राखेको तर त्यसलाई नेपालले अस्वीकार गरेको स्रोतको दाबी छ ।

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) को आन्तरिक विवाद मिलाउने क्रममा वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीको दोस्रो अध्यक्ष प्रस्ताव गरिएपनि उनले अस्वीकार गरेका छन् । पार्टी अध्यक्ष केपी ओलीबाटै दोस्रो अध्यक्ष भएर काम गर्नुस् भन्ने प्रस्ताव राखेको तर त्यसलाई नेपालले अस्वीकार गरेको स्रोतको दाबी छ ।
स्राेतका अनुसार ओलीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गर्नु अघि नै पार्टीभित्रकाे विवाद मिलाउने भन्दै नेपाललाई दाेस्राे अध्यक्षका रूपमा काम गर्न प्रस्ताव गरेका थिए । गत वैशाख ३० गते चपली हाइटस्थित क्याप्टेन रामेश्वर थापाकाे घरमा भएकाे दुई नेताबीचकाे भेटमा ओलीले नेता नेपाललाई त्यस्ताे प्रस्ताव राखेकाे स्राेतकाे दाबी छ ।
त्यसयता पनि पार्टी विवाद मिलाउन दाेस्राे तहका नेताहरूले थालेकाे छलफलमा पनि त्यस विषयमा पटकपटक कुरा उठेकाे थियाे । उक्त प्रस्तावमा दोस्रो पुस्ताका नेताहरूबीच संवाद चलिरहे पनि विवाद उत्कर्षमा पुगेपछि नेता नेपालले अब यो दाेस्राे अध्यक्षको कुरा लिएर कोही पनि नआउनु भनेका थिए ।
प्रतिनिधिसभा विघटनलगायत ओलीले प्रधानमन्त्रीका रूपमा गरेका तमाम गल्तीका बारेमा आत्मसमीक्षा समेत गर्न तयार नभइ उनकाे गल्तीलाई ढाकछाेप गर्न तथा माधव नेपालले पनि पदकै लागि पार्टीभित्र विवाद गरेकाे भनेर जबरजस्ती पुष्टि गराउन ओली पक्षले दाेस्राे अध्यक्षकाे प्रस्ताव गरेकाे नेपाल पक्षकाे दाबी छ ।
ओलीको एकता आह्वानमा जेठ ३ अघिको अवस्थामा फर्किने प्रस्ताव भए पनि गत फागुन २३ यताका निर्णय के गर्ने भन्ने स्पष्ट नभएकाले तिनलाई यथावत् राखेपछि नेपाल पक्षका नेताहरुले थप स्पष्ट पार्नुपर्ने बताइरहेका छन् । तर नेपाल समूहले उल्टै विज्ञप्ति जारी गरेर जेठ २ गतेको अवस्थमा फर्कन ओलीले आनाकानी र जालभेल गरेको बताइसकेकाे छ ।
दोस्रो तहका नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञावाली, विष्णु रिमाल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्टबीच याक एण्ड यति होटलमा भएको पहिलो कुराकानीको क्रममा नेपाललाई दाेस्राे अध्यक्ष बनाउने र पार्टीको सबै जिम्मेवारी दिने गरी कुरा अघि बढाउन खोजिएको थियो ।
दाेस्राे पुस्ताका नेताबीच प्रधानमन्त्री ओलीले सरकार सञ्चालन र नेपालले पार्टी सञ्चालन गर्नेगरी विभिन्न चरणमा कुरा गर्ने तथा नेता नेपाललाई मनाउने सहमति भइसकेको थियो । तर नेता नेपालले प्रधानमन्त्रीका रूपमा ओलीले यसअघि गरेकाे गल्ती के हुने भनेर प्रश्न गरेपछि दाेस्राे अध्यक्षकाे प्रस्ताव सेलाएकाे स्राेतकाे दाबी छ ।
नेपाललाई उनकै निकट रहेका प्रकाश ज्वाला, जगन्नाथ खतिवडा, राजेन्द्र राई, विजय पौडेल, बेदुराम भुसालले पनि ओलीसँग यथास्थितिमा झुक्न नहुने भन्दै नेपाललाई दबाब दिएका थिए । नेता नेपाललाई दाेस्राे अध्यक्ष बनाउने विषयमा उनी मात्र नभई उनी पक्षका अधिकांश नेताले असहमति व्यक्त गरेका थिए ।
यद्यपि, नेपाल समूहकै केही नेताहरुले भने दोस्रो अध्यक्ष स्वीकार गरेर जानुपर्ने मत पनि व्यक्त गरेका छन् ।
















स्थानान्तरण र व्यवस्थापनमा सहरी विकास मन्त्रालयको पहल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
बाजुरामा स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता
उचित मूल्य नपाएको केरा उत्पादक किसानको गुनासो
पूर्वी नाका काँकडभिट्टाबाट भित्रिए ७ हजार ६४२ पर्यटक
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
इलाम गोल्डकप : फाइनलमा एनआरटी र मच्छिन्द्र भिड्ने
प्रतिक्रिया