वर्षौंसम्म बनेन मोटर पुल, स्थानीयलाई सास्ती

डोटी । जिल्लाका एक नगरपालिका तथा दुई गाउँपालिकासहित छिमेकी जिल्ला बझाङ जोड्ने उद्देश्यका साथ सेती नदीमाथि निर्माण गर्न लागिएको मोटर पुल शिलान्यास गरिएको वर्षौं बितिसक्दासमेत निर्माण सम्पन्न भएको छैन ।
पुलका पिलरसमेत निर्माण नगरिएको भन्दै यहाँका नागरिक पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी पुष्प–राजेन्द्र जेभी निर्माण सेवासँग आक्रोशित बन्न थालेका छन् । पुल निर्माणको जिम्मा पाएको उक्त कम्पनीको लपरवाहीका कारण समयमै पुल बन्न नसकेको स्थानीयको आरोप छ ।
पुल निर्माणका विषयमा पटक–पटक समाचार सम्प्रेषण गरे पनि सम्बन्धित निकायले कुनै वास्ता नगरेको आदर्श गाउँपालिकाका स्थानीय तेजु ओलीले बताए ।
उनले भने, “पुल निर्माण नभएको विषयमा कयौं पटक समाचार आए तर सम्बन्धित निकायले कुनै वास्ता गरेन, अझै केही वर्ष पुल बन्ने सम्भावना देखिंदैन ।”
तोकिएको समयमा पुल निर्माण नहुँदा जिल्लाको शिखर नगरपालिका र आदर्श गाउँपालिकाका स्थानीयवासीलाई निकै सास्ती भएको छ । पुल निर्माण चाँडो गर्न पहलका लागि यहाँका नागरिकले पटक–पटक सबै निकायमा खबर गर्दासमेत कुनै सुनुवाई भएको छैन । वर्षौंदेखि पुल अभावमा यहाँका स्थानीयवासीले निकै समस्या भएको गुनासो गर्ने गरेका छन् ।
सामान्य कामका लागि आवतजावत गर्न पनि उनीहरूलाई घण्टौं लामो पैदलयात्रा गर्नुपर्ने अवस्था आएको शिखर नगरपालिकाका स्थानीयवासी लोकबहादुर बलायरले बताए ।
उनले भने, “पुल निर्माण शुरु गरेको वर्षौँ बितिसक्यो तर सातनाली सडकको उक्त मोटर चल्ने पक्की पुल अझै बन्न सकेको छैन ।”
सातनाली–मेल्लेक–बझाङ जिल्लाको सडकलाई केआइसिंह राजमार्गसँग जोड्न जिल्लाको शिखर नगरपालिका–१० बान्डुङ्ग्रीसैनको सेती नदीमाथि पुल निर्माण गर्न विसं २०७१ असार २९ गते सम्झौता भएको थियो ।
उक्त सम्झौताअनुसार विसं २०७४ असार २९ गतेभित्र पुल निर्माण भइसक्नुपर्थ्यो । तर पुल निर्माण १० प्रतिशत पनि नभएको स्थानीयवासीको भनाइ छ ।













Discussions ongoing on reports in NC’s Special General Convention
निर्वाचनमा सबै दल सहभागी हुनुपर्छ : देवराज घिमिरे
भरतपुर अस्पतालमा बिरामीको चाप
कोरला नाकाबाट दुई करोड बढीको भेप बोकेको कन्टेनरसहित चालक नियन्त्रणमा
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
प्रतिक्रिया