विश्वकप छनोटमा नेपालले आज एसियाली पावरहाउस अस्ट्रेलियाको सामना गर्दै

काठमाडौं । कतारमा आगामी वर्ष हुने विश्वकप फुटबल तथा एसीयन कप फुटबल २०२३ को छनोट खेलमा नेपालले आज बलियो टोली अष्ट्रेलियासंग प्रतिस्पर्धा गर्दैछ ।
कुवेतस्थित जाबेर अल अहमद स्टेडियममा हुने खेल नेपाली समयानुसार राती पौने १० बजे सुरु हुनेछ । एसीयाली पावरहाउस अष्ट्रेलियाबिरुद्ध मैदान उत्रदा नेपाल आफ्नो प्रर्दशन सुधारको लक्ष्यमा हुनेछ ।
छनोटमा २ जित र ५ हार भोगेको नेपाल विश्वकप छनोटमा अपराजित रहेको अष्ट्रेलियासंग प्रतिस्पर्धा गर्न लागेको हो ।
विश्वकप छनोट हुन नसकेपनि नेपालको एसीयन छनोटको अर्को चरण प्रवेशको सम्भावना कायमै छ ।
टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले बलियो टोली अष्ट्रेलियाविरुद्ध नेपालले उत्कृष्ट खेल खेल्ने बताए । नतिजा आफ्नो ठाँउमा भएपनि नेपालले राम्रो प्रर्दशन गर्ने उनको भनाई छ ।
५ पटक विश्वकप फुटबल खेलिसकेको अष्ट्रेलिया नेपाललाई हराउँदै छनोटको अर्को चरण प्रवेश गर्न चाहन्छ । यसअघि क्यानबेरामा भएको पहिलो लेगमा अष्ट्रेलियाले ५–० को जित निकालेको थियो ।
पालविरुद्ध मैदान उत्रदा अष्ट्रेलिया भने फराकिलो नतिजाको खोजीमा हुनेछ । समुह बी अन्तर्गतको खेलमा आजै राती जोर्डन र कुवेतपनि आमने सामने हुनेछन् ।












आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
खासा क्षेत्रको वनमा भीषण डढेलो लागेपछि तातोपानी नाका बन्द
६५ ले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
प्रतिक्रिया