‘कोरोना खोप उमेरसमुह नभइ जोखिमको आधारमा दिनुपर्छ ‘

काठमाडौ । कोभिड विरुद्धको खोपको पहिलो मात्रा लगाएका व्यक्तिहरुले दोस्रो मात्रा तोकिएकै समयभित्र पाउन सकेका छैन् । सरुवारोग विज्ञ डा. शेरबहादुर पुनले कोभिड विरुद्धको खोपको एक मात्रा लगाएका व्यक्तिहरुले १२ देखि १६ हप्ता भित्रमा अर्को डोज लगाउन विश्व स्वास्थ संगठनले निर्देशन गरेपनि निर्धारित समय भित्र दोस्रो मात्रा नभएमा के हुन्छ भन्नेमा अझै अन्योल रहेको बताएका छन् ।
एड्स हेल्थ केयर फाउण्डेशन नेपालले संसारभर सञ्चालन गरिरहेको भ्याक्सीनेट आवर वल्ड अभियानका वारेमा जानकारी दिने उद्धेश्यले आयोजना गरेको अन्तक्रियामा डा.पुनले समयमा नै खोप उपलव्ध भएको भए नेपालले अहिलेको क्षति वेर्होने अवस्था नआउने धारणा राखे । विश्वमा खोपको विकास भईरहेको छ । नेपाल जस्ता मुलुकको खोपमा पहुँच चुनौतिपुर्ण वन्नु चिन्ताको विषय भएको उनको भनाई छ ।
यसैगरी, चितवनको भरतपुर अस्पतालका कन्सेल्टेन्ट फिजिसियन डा.कल्याण सापकोटाले प्राप्त खोपलाई उमेर समुहका आधारमा नभइ जोखिमका आधारमा प्रथमिकतामा राख्न सकेमा कोरोना संक्रमण छिटो नियन्त्रण गर्न सकिने जानकारी दिए ।
उनका अनुसार फ्रन्ट लाइनमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसगैं दिर्घरोग भएका व्यक्तिहरु र अनौपचारीक क्षेत्रबाट पहिलो पंक्तिमा वसेर काम गर्ने व्यक्तिहरु यसको प्राथमिक समुह बन्नुपर्छ ।
राष्ट्रिय एचआइभी तथा एड्स महासघंका अध्यक्ष राजेश दिदियाले एचआइभी संक्रमित, सुधार केन्द्रमा रहेका लागुपर्दाथ प्रयोकर्ताहरु, यौनकर्मी, तेस्रो लिंगी समुदाय अहिले पनि उच्च जोखिममा रहेको भन्दै तुरुन्त खोपको प्राथमिकतामा राख्नुपर्ने बताउँछन् ।
सुरुवाती चरणमा एचआइभी संक्रमितलाई उपचारको पहुँचमा ल्याउन कठिन भएजस्तै अव कोभिड खोपमा पहुच अभिबृद्धी गर्नु अर्को चुनौति भएको उनको भनाई छ । विश्वका धनी राष्ट्रहरुको संगठन जी सेभेनको सम्मेलन यहि हप्ता आयोजना हुदैछ ।
उक्त बैठकमा विश्वका सवै राष्ट्रहरुको खोपमा पहुँचको सवाललाई छलफलको विषय वनाउनुपर्नेमा अन्र्तक्रियाका सहभागीहरुले जोड दिएका छन् ।















आजको मौसम पूर्वानुमान : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्रा विनिमयदर
आज २०८२ साल चैत २३ गते सोमबारको राशिफल
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
प्रतिक्रिया