बुधबार, जेठ ७, २०८२

नरोत्तम बैद्यलाई पक्राउ गर्न एमालेको माग

मेरोन्यूज २०७८ जेठ २९ गते ९:१३


काठमाडौं । बागमति प्रदेश सभा बैठकमा प्रधानमन्त्री केपी ओली विरुद्ध विवादास्पद अभिब्यक्ति दिएका काग्रेस प्रदेश सभा सदस्य नरोत्तम बैद्यलाइ पक्राउ गरी कारबाही चलाउन नेकपा एमाले बागमति प्रदेश कमिटिले माग गरेको छ ।

प्रदेश अध्यक्ष आनन्द पोखरेलले वक्तब्य जारी गदै बैद्यलाई पक्राउ गरी मुद्दा चलाउन माग गरेका हुन् ।

वैद्यले शुक्रवार बागमति प्रदेशसभा बैठकमा ओलीविरुद्द आपत्तिजनक अभिब्यक्ति दिएका थिए । वैद्यले भनेका थिए,-ओली यसरी आइरहेको छ कि आफ्नो सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता गरिराखेको छ । यो समयमा खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है । त्यसैले मेरो आग्रह, कोही नाथुराम गोड्से आवश्यक पर्‍यो है, अब यो देश बचाउनका लागि । कोही नाथुराम गोड्से बन्न तयार छैन भने म बन्ने कि ?

बैधले प्रदेश सभाको बैठकको रोष्टममा ऊभिएर माहात्मा गान्धीलाई नथुराम गोड्सले मारेझैं केपी शर्मा ओलीलाई मार्नुपर्छ र मार्छु भन्दै दिएको अभिव्यक्ति निकै विवादित बनेको थियो ।

अहिले काग्रेसले पनि वैद्यलाई त्तकाल आत्मआलोचना गरेर अभिब्यक्ति फिर्ता लिन आग्रह गरिसकेको छ । उनको सामाजिक सन्जाल देखि जताततै आलोचना हुन थालेको छ । एमालेले यसलाई राजनीतिक मुद्दाको विषय बनाउन खोजेको छ । त्यहीक्रममा प्रदेश कमिटिले बक्तब्य नै जारी गरेर उनलाई पक्राउ गर्न र मुद्दा चलाउन भनेको हो ।

प्रदेश अध्यक्ष पोखरेलले वैद्यको अभिब्यक्तिभित्र गम्भीर षड्यत्र लुकेका कारण आयोग बनाइ दोषीहरू पत्ता लगाउनसमेत आग्रह गरेका छन् । ‍’एक शक्तिशाली आयोग बनाई तथ्य सत्या पत्ता लगाई सार्वजनिक गर्न नेपाल सरकार र प्रदेश सरकारसँग जोडदार माग गर्दछु । हत्या जस्तो गम्भीर अपराधको वकालत गर्ने सबैलाई कानुनको दायरामा ल्याउन अनुरोध पनि गर्दछु,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया