लोक तथा दोहोरी गीत प्रतिष्ठानले कलाकारलाई राहत वितरण

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई राहत वितरण जारी राखेको छ । कोरोना महामारीले दोहोरी साँझ तथा मेला महोत्सव सञ्चालन नभएपछि कलाकारको आयस्रोत बन्द भएको छ । प्रतिष्ठानले ‘रोगबाट आफैं जोगिनुहोस्, भोकबाट हामी जोगाउँछौँ’ भन्ने नारा तय गरेर राहत सङ्कलन र वितरण गरिरहेको छ ।
आम्दानीको स्रोत नभएपछि कलाकाहरुलाई प्रतिष्ठानले चामल, दाल नुन, चिनी, मसला लगायत अत्यावश्यक सामग्री वितरण गरिरहेको प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रमेश विजीले जानकारी दिनुभयो । उहाँले गायक, गायिका, वाद्यवादक तथा मोडल तथा प्राविधिकलाई खाद्य सामग्री वितरण गरिएको बताए ।
प्रतिष्ठानका केन्द्रीय सल्लाहकार पृथ्वी थकालीले करीब सात लाख बराबरको सामग्री उपलब्ध गराउनुभएको छ । केन्द्रीय समितिले उपत्यका समन्वय समितिसँग सहकार्य गरी हालसम्म करीब ५०० जनालाई राहत सामग्री वितरण गरेको छ । हालसम्म करीब १२ लाख बराबरको राहत सामग्री वितरण गरिएको छ ।
अध्यक्ष विजीले कलाकार काठमाडौँमा रहेकाले यहाँबाट अभियान शुरुआत गरे पनि जिल्लाजिल्लामा पनि राहत वितरण कार्यलाई अघि बढाइने बताउनुभयो । “सबै प्रदेश र जिल्ला कमिटीलाई राहत सङ्कलन गर्न भनेका छौँ”, उनले भने,“समस्यामा परेका देशैभरका कलाकारहरुलाई भोकै बस्न दिँदैनौँ ।” प्रतिष्ठानका निवर्तमान अध्यक्ष बद्री पँगेनीले तत्कालै कलाकार काममा फर्कने अवस्था नरहेकाले राहत वितरणलाई केही समय निरन्तरता दिने जानकारी दिए । रासस
















चट्याङ लागेर एक जनाको मृत्यु, एक जना घाइते
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै
एमाले संसदीय दलको बैठक बस्दै
दुईदेखि तीन हप्ताभित्र इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा
हवाई भाडा महँगिने : हवाई इन्धनमा झन्डै दोब्बर मूल्य वृद्धि
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया