प्रधानमन्त्रीलाई मार्ने धम्की दिने वैद्यविरुद्ध मुद्दा दायर

काठमाडौँ । बागमती प्रदेशका नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यविरुद्ध फौजदारी कसुरमा मुद्दा दर्ता भएको छ । आइतबार एमालेका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उनीविरुद्ध मुद्दा दर्ता गरेका हुन् ।
एमालेनिकट युवा संघका जिल्ला नेताले मुद्दा दर्ता गराएका हुन् । हत्या दुरुत्साहनको मुद्दा दर्ता गरिएको मकवानपुरका प्रहरी कार्यालयले जनाएको छ ।
वैद्यले प्रदेश सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने धम्की दिँदै नाथुराम गोड्सेको आवश्यक परेको अभिव्यक्ति दिएका थिए । उनले अरू गोड्से बन्न तयार नभए आफै बन्ने अभिव्यक्ति दिएसँगै आलोचना भएको थियो । यससँगै उनले शनिबार प्रदेश सभामै आत्मालोचना गर्दै माफी मागेका थिए ।
भारतीय नागरिक गोड्सेले ब्रिटिस उपनिवेशविरुद्ध आन्दोलन गर्ने महात्मा गान्धीको हत्या गरेका थिए ।
















शंकर अग्रवाल रिहा
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
नेपाली लेखक सङ्घ कास्कीको अध्यक्षमा अथक
Speaker Aryal assumes office
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
प्रतिक्रिया