दुई हप्ताभित्र रेल चलाउने तयारीमा लाग्न सरकारको निर्देशन

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले रेल सञ्चालन गर्न निर्देशन दिएका छन् । सोमबार भएको एक कार्यक्रममा बोल्दै उनले निषेधाज्ञा खुल्नासाथ जनकपुर–जयनगर रेल सञ्चालन गर्न निर्देशन दिएको हो । यसका लागि अहिलेदेखि तयारी थाल्न रेल विभागलाई निर्देशन दिएका छन् ।
मन्त्री नेम्वाङले पानी जहाज कार्यालय, मेट्रो रेल विभाग र यातायात व्यवस्था विभागका प्रमुखहरुसँग छलफल गर्ने क्रममा रेल विभागलाई रेल सञ्चालन गर्ने गरी सम्पूर्ण तयारी पूरा गर्न निर्देशन दिएका हुन् । नीतिगत, व्यवहारिक र प्राविधिक सम्पूर्ण कुराको व्यवस्थापन भएपछि छिटोभन्दा छिटो सञ्चालनमा आउनु पर्ने उनले बताए ।
‘रेल सञ्चालनका लागि अध्यादेश जारी गरिसकेका छौँ, यति हुँदाहुँदै पनि हामीले रेललाई समयमा सञ्चालन गर्न सकेका छैनौँ, कोभिड महामारीले बाधा पुर्याएको छ,’ उनले भने, ‘अध्यादेश ल्याउने, जिएम नियुक्ति गर्नेलगायत कानुन व्यवस्थित गरिसकेका छौँ, नीतिगत, व्यवहारिक, प्राविधिक सबै कुराको व्यवस्थापन भइसकेको छ, यस्तो अवस्थामा लकडाउन खोल्न वित्तिकै हामीले रेल सञ्चालन गर्नुपर्छ, त्यहाँका जनतालाई रेल सेवा प्रदान गर्नुपर्छ । दुई हप्ताभित्र रेल चलाउने तयारीमा लाग्नुस् ।’
















कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
काठमाडौँ विश्वविद्यालय अमेरिकाको ‘एचई उच्च शिक्षा र्याङ्किङ’मा १२२ औँ स्थानमा
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
प्रतिक्रिया