दुई हप्ताभित्र रेल चलाउने तयारीमा लाग्न सरकारको निर्देशन

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले रेल सञ्चालन गर्न निर्देशन दिएका छन् । सोमबार भएको एक कार्यक्रममा बोल्दै उनले निषेधाज्ञा खुल्नासाथ जनकपुर–जयनगर रेल सञ्चालन गर्न निर्देशन दिएको हो । यसका लागि अहिलेदेखि तयारी थाल्न रेल विभागलाई निर्देशन दिएका छन् ।
मन्त्री नेम्वाङले पानी जहाज कार्यालय, मेट्रो रेल विभाग र यातायात व्यवस्था विभागका प्रमुखहरुसँग छलफल गर्ने क्रममा रेल विभागलाई रेल सञ्चालन गर्ने गरी सम्पूर्ण तयारी पूरा गर्न निर्देशन दिएका हुन् । नीतिगत, व्यवहारिक र प्राविधिक सम्पूर्ण कुराको व्यवस्थापन भएपछि छिटोभन्दा छिटो सञ्चालनमा आउनु पर्ने उनले बताए ।
‘रेल सञ्चालनका लागि अध्यादेश जारी गरिसकेका छौँ, यति हुँदाहुँदै पनि हामीले रेललाई समयमा सञ्चालन गर्न सकेका छैनौँ, कोभिड महामारीले बाधा पुर्याएको छ,’ उनले भने, ‘अध्यादेश ल्याउने, जिएम नियुक्ति गर्नेलगायत कानुन व्यवस्थित गरिसकेका छौँ, नीतिगत, व्यवहारिक, प्राविधिक सबै कुराको व्यवस्थापन भइसकेको छ, यस्तो अवस्थामा लकडाउन खोल्न वित्तिकै हामीले रेल सञ्चालन गर्नुपर्छ, त्यहाँका जनतालाई रेल सेवा प्रदान गर्नुपर्छ । दुई हप्ताभित्र रेल चलाउने तयारीमा लाग्नुस् ।’
















‘जो कोहीलाई उत्साहित बनाउने फास्ट ट्र्याकको प्रगति’
अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की
दाङबाट काठमाडौं आउँदै गरेको बस अनियन्त्रित भएर बीच सडकमा पल्टियो
सहिदका सपना पूरा गर्न उहाँहरुले देखाएको बाटोमा हिँड्ने प्रण गरौँः सभापति थापा
सहिदहरुको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन राष्ट्रपतिको आग्रह
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
प्रतिक्रिया