संसारकै महंगो कारको मुल्य कति ?

काठमाडौँ । विभिन्न विशेषता भएको कारको मूल्य ३ अर्ब २७ करोड ६२ लाख २९ हजार ६ सय रुपैयाँ तोकिएको छ ।
संसारको सबैभन्दा महंगो गाडी कस्तो होला ? अनि त्यसको मूल्य कति पर्ला ? अटो पारखीहरूलाई मात्र होइन, यो साधारण व्यक्तिको पनि चासोको विषय भएको छ ।
बेलायती अटोमोबाइल निर्माता कम्पनी रोल्स–रोयस मोटर कार निर्माताले हालसालै संसारकै सबैभन्दा महंगो गाडी ‘रोल्स–रोयस बोट टेल’ गाडी सार्वजनिक गरेको छ । जसको मूल्य धनाढ्यलाई समेत ‘महंगो’ लाग्न सक्छ ।
‘द २०२१ रोल्स–रोयस बोट टेल’ चार–सिटर लक्जरी कार हो । जसको लम्बाई १९ फिटको छ । यसको बाहिरी आवरण ढुङ्गाको जस्तै देखिन्छ । यो डिजाइन रोल्स–रोयस स्वेप्टेल कारबाट प्रेरित डिजाइन हो । ‘रोल्स–रोयस बोट टेल’ सार्वजनिक हुनु अघिसम्म ‘रोल्स–रोयस स्वेप्टेल’ संसारको सबैभन्दा महंगो कार थियो ।
जुन सन् २०१७ मा २ अर्ब ११ करोड २८ लाख ८७ हजार ३ सय रुपैयाँको कार बजारमा आएको थियो ।









आठौँ सामाजिक सुरक्षा दिवस : साढे २६ लाख नागरिक सामाजिक सुरक्षाको छाताभित्र
हङकङकाे आवासिय भवनमा आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्योः २७९ अझै बेपत्ता
जेनजी आन्दोलनका सहिदः ‘सहिद घोषणा मात्रै होइन, न्याय पनि चाहिन्छ’
तरकारी खेतीबाट वार्षिक १० लाख बचत
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रतिक्रिया