आजदेखि दुई महिना मेलम्चीको पानी उपत्यकामा नआउने (यस्तो छ नयाँ तालिका )

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि मेलम्चीको पानी नआउने भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएलका कार्यकारी निर्देशक मिलन शाक्यले पानी आउने सुरुङ परीक्षण गरिने भएकाले पानी वितरण नगरिने भएको जानकारी दिए ।
“ पानी वितरण भएकै अवस्थामा सुरुङको मर्मत सम्भार गर्न सकिँदैन,” मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले भने,“पानी पठाएको केही दिनमै वा केही महिना मै परीक्षण गरिनुपर्ने थियो । तर, पानी पठाएको तीन महिनासम्म पनि सुरुङ परीक्षण गरिएको छैन् ।”
उनका अनुसार सुरुङ खालि गर्न करिब १५ दिन लाग्छ, त्यसपछि विज्ञहरुको टोलीद्वारा अनुसन्धान थालिनेछ । अनुसन्धानपछि आएका समस्याहरुलाई समाधान गरेपछि मात्र सुरुङमा पानी भरिने छ ।
गत चैत १५ गते केयुकेएलले एकसाथ चुच्चेपाटीको महाँकालको पानी ट्यांकीबाट उपत्यकामा पानी वितरण थालेको थियो । केयूकेएलले उद्घाटन लगतै भृकुटीमडपमा रहेका नयाँ धारामा राष्ट्रपति विद्यादेबी भण्डारीले उद्घाटन गरेकी थिइन् ।

















यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर चल्ने
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया