ट्यांकर चालकले लिए आन्दोलन फिर्ता

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोप लगाइदिने भएपछि इन्धन ढुवानी गर्ने ट्यांकर चालकले गरेको आन्दोलन फिर्ता भएको छ । सरकारले खोप दिने भएपछि इन्धन ढुवानी गर्ने ट्यांकरका चालकहरुको आन्दोलन फिर्ता लिएका हुन् ।
नेपाल आयल निगम र नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच भएको वार्तामा ट्यांकर चालकलाई भोलि बुधबारदेखि खोप उपलब्ध गराउने सहमति भएको छ । ‘बुधबारबाट एपीएफ अस्पताल बलम्बुमा खोप लगाउने सहमति भयो,’ संघका अध्यक्ष ईश्वर लामाले भने, ‘हामीले गर्दै आएको आन्दोलन फिर्ता लिने निर्णय गरेका छौँ ।’
बागमती प्रादेशिक डिपो कार्यालय थानकोटका ट्यांकर चालक र सहचालकले निगमले उपलब्ध गराएको परिचय पत्रको आधारमा खोप लगाउन पाउने भएका हुन् । दुई पक्षबीच भएको सहमतिअनुसार थानकोट डिपोले करिब ९ सय चालक तथा सहचालकलाई खोप लगाउन परितय पत्र दिनु पर्ने छ ।
यस्तै अमलेखगञ्जबाट झण्डै एक हजार ४ सय चालक–सहचालकलाई उतै खोप दिने सहमति भएको भएको छ । कोरोनाविरुद्धको खोप नपाएको भन्दै नेपाल पेट्रोलियम ट्यांकर चालक संघको आह्वानमा बागमती प्रदेशभर आइतबारदेखि पेट्रोलियम पदार्थको ढुवानी अवरुद्ध भएको थियो ।

















खोटाङ हेलिकप्टर दुर्घटना : पाइलटसहित ६ जना घाइते
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’
नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा
सलमानका पिता सलिम एक महिनापछि अस्पतालबाट डिस्चार्ज
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
प्रतिक्रिया