प्रदेश १ को बजेटमा सासू-बुहारी सम्बन्ध सुधार कार्यक्रम समावेश

काठमाडौँ । प्रदेश १ सरकारले सार्वजनिक गरेको बजेटले जन्म दिने आमाप्रति सम्मान गर्न राष्ट्रपति आमा सम्मान कार्यक्रम सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०७८–७९ को बजेटमा प्रदेश सरकारले आमा सम्मान कार्यक्रम सञ्चालन गर्नका लागि बजेट विनियोज गरेको हो ।
यस कार्यक्रमअन्तर्गत प्रदेश १ को दुर्गम भेगमा रहेका अति विपन्न परिवार र समुदायका समाजमा महत्वपूर्ण योगदान पुर्याएका आमाहरूलाई सम्मान गर्ने भएको हो । यस्तै, बजेटको बुँदा नम्बर ४० मा सासू बुहारीको सम्बन्धलाई सुमधुर बनाउन उदाहरणीय सम्बन्ध कायम राख्नेलाई सम्मान तथा पुरस्कार गर्ने गरी बजेट विनियोजन गरेको उल्लेख गरिएको छ ।
‘यसैगरी आमाको गर्भ सुरक्षित हुँदा एउटा युग सुरक्षित हुन्छ’ भन्ने नारा बजेटले समेटेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले प्रदेशसभामा पेश गरेको बजेटमा चालु खर्च १४ अर्ब १६ करोड १५ लाख र पूँजीगत खर्च १५ अर्ब ५ करोड ३५ लाख छुटाइएको छ ।


















आज अन्तरराष्ट्रिय आरोग्य दिवस मनाइँदै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मधेश प्रदेशमा जुडशीतल पर्व मनाइँदै
यस्तो छ आज कृषिउपजको थोक मूल्य
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा युट्युबर पक्राउ
पिर्के सलामी नलिने गृहमन्त्रीको घोषणा
प्रतिक्रिया