स्वास्थ्यको पहुँच सुनिश्चित गर्न सरकारलाई आयोगको सिफारिस

काठमाडाैं । राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ को महामारीमा जोखिममा रहेका अपाङ्गता भएका व्यक्ति, आदिवासी जनजाति तथा आप्रवासी नेपाली श्रमिकलगायतको स्वास्थ्य उपचारमा पहुँच सुनिश्चित गर्न सरकारलाई विभिन्न सिफारिश गरेको छ ।
आयोगको गत शुक्रबार बसेको वैठकले महामारीको अवस्थामा अपाङ्गता भएका व्यक्ति आदिवासी जनजाति तथा आप्रवासी नेपाली श्रमिकका समस्या समाधानका लागि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको आयोगका प्रवक्ता डा टीकाराम पोखरेलद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।
आयोगले कोभिड–१९ महामारीको समयमा अपाङ्गता भएका व्यक्तिप्रति लैङ्गिक विभेद बढ्दै गएको, जिविकोपार्जनमा कठिनाइ भएको, रोजगारी गुमेको, मनोसामाजिक समस्या देखिएको, कोभिड प्रतिकार्यका लागि सूचनामा पहुँचको अभाव देखिएको एवं सहायक सामग्री (हेरिङ एड, सेतो छडी, नियमित रुपमा लिनु पर्ने औषधि, सरसफाइ) को अभाव देखिएकाले तत्काल सोको व्यवस्था मिलाउन सरकारलाई भनेको छ ।
















युद्धको घेरामा मध्यपूर्व, विश्व चिन्तामा
चन्द्रगढी महिला गोल्डकपको खेलतालिका सार्वजनिक
नेकपा कार्यसंयोजन समितिको बैठक जारी
नासा नेपालद्वारा चितवनमा ईभीसम्बन्धी एक दिने ओरिन्टेसन कार्यक्रम सञ्चालन
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
नेपाली क्लाइम्बिङ टोली चीन जाने
प्रतिक्रिया