गण्डक ब्यारेजका सबै ढोका खुला

कावासोती । लगातार परेको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ । मङगलबार नारायणी नदीको देवघाट जल मापन केन्द्रमा नदीले चेतावनीको सतह पार गरेपछि यस क्षेत्रमा हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै गण्डक ब्यारेजका सबै ३६ वटा ढोका खोलिएको नवलपरासी पूर्व नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले जानकारी दिइन् ।
गण्डक ब्यारेजमा ढोका खोल्ने समयमा दुई लाख क्युसेक पानी मापन गरिएको थियो । सोमबारदेखि परेको लगातारको वर्षाको कारण नारायणी नदीमा पानीको बाहव बढ्दा यसले पुर्याउने क्षतिलाई ध्यानमा राख्दै भारतीय पक्षसँगको समन्वयमा सबै ढोका खोलिएको पंगेनीले बताइन् ।
गण्डक ब्यारेजमा दुई लाख पचास हजार क्युसेक पानीलाई चेतावनीको तह र तीन लाख क्युसेक पानीलाई खतराको तह मानिन्छ । पानीको सतहले चेतावनीको तह पार गर्नुपूर्व नै दुवै पक्षको सहमतिमा सबै ढोका खोलिएको उनकाे भनाइ छ । निमार्णको समयमा गण्डक ब्यारेजको क्षमता ७ लाख क्युसेक प्रतिसेकेन्ड भए पनि अहिले यसले ४ देखि ५ लाख क्युसेक प्रतिसेकेन्ड मात्र भार बहन गर्न सक्ने अनुमान छ ।
नदीमा पानीको सतह बढेपछि गण्डक कमाण्डका स्थानीयलाई सजगता अपनाउन जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्वले आग्रह गरेको छ । अविरल वर्षाको कारण नवलपुर सहित देशभरको जनजीवन प्रभावित भएको छ । नवलपुरमा भने अहिलेसम्म केही अप्रिय घटना नभएको भएपनि नदी तटीय क्षेत्रका स्थानीयलाई सर्तक रहन प्रशासनले अनुरोध गरेको छ ।
नवलपुरको पहाडी क्षेत्रमा पहिरो र भित्री मधेशमा बाढी तथा तल्लो क्षेत्रमा डुवानको जोखिम रहने गर्छ । नवलपुरको गिरुवारी, अरुणखोला, विनयी, केरुङ्गे, लोकाहा, बौलाह, झरही, जय श्री लगायतका खोलाहरुमा बढ्दो पानीको सतहका कारण जोखिम रहेको छ । सो आसपासमा जमिन कटान सहित बाढी र डुवानको खतरा रहने हुँदा त्यसतर्फ सजग रहन प्रशासनले अनुरोध गरेको हो ।
जिल्लाको मध्यविन्दु नगरपालिकाको विभिन्न स्थान, कावासोती नगरपालिकाको केरुङ्ग क्षेत्र र नारायणी तटीय क्षेत्र, रजहर, पिप्रेहनी, गैंडाकोट, त्रिवेणी लगायतको क्षेत्रमा वर्षेनी बाढी तथा डुवानले ठूलो क्षति पुर्याउने गरेको छ । यस वर्ष मनसुनको आगमनसँगै यसको प्रभावको पूर्व आँकलन गर्ने र सो बाट हुन सक्ने क्षतिलाई सक्दो कम गर्ने गरी जिल्ला विपद व्यवस्थापन समितिले तयारी गरिरहेको प्रमुख जिल्ला अधिकारी पँगेनीकाे भनाइ छ ।
सोही योजना अन्र्तगत नारायणी नदीमा पानीको सतह बढ्न थाले पछि नै सबै ढोका खुल्ला गरिसकेको उहाँले बताउनुभयो । गत वर्ष मध्यविन्दु नगरपालिका–३ रतनपुर क्षेत्रमा नारायणी नदीले बस्ती क्षेत्रमा नै कटान गरेको थियो । त्यस्तै सो कटान क्षेत्रबाट पानी पसेको खण्डमा मध्यविन्दु नगरपालिकाको नदी तटीय क्षेत्रमा ठूलो क्षति पुग्न सक्ने अनुमान समेत गरिएको थियो ।














दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई पाँच वर्ष कैद
कांग्रेसको आधिकारिकताबारे आयोगले भन्यो– विधि र पद्धतिमा रहेर निर्णय गर्छौं
48 days to go for elections: Functions of returning officer
एमाले केन्द्रीय कार्यालयमा उम्मेदवारको नाम प्राप्त
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
प्रतिक्रिया