शुक्रबार, वैशाख ११, २०८३

पानीको बहाव बढेसँगै कोशी ब्यारेजका १२ वटा ढोका खोलियो

मेरोन्यूज २०७८ असार २ गते ९:४०

काठमडौं । सप्तकोशीमा पानीको बहाव बढेसँगै कोशी ब्यारेजका १२ वटा ढोका खोलिएको छ । केही दिनदेखि परिरहेको पानीका कारण सहायक नदीहरुमा बाढी आएपछि सप्तकोशीमा पानीको बहाव बढेको हो ।

Advertisement
NiccNicc

मंगलबार बिहानदेखि परेको पानीले बाढीको तह बढेपछि कोशी ब्यारेजको १२ ढोका खुला खुला गरिएको छ । अहिले कोशीमा पानीको बहाव ६१ हजार १४५ क्युसेक रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए ।

उनले भने – ‘पानीको बहाव बढिरहेको छ तर खतराको अवस्था छैन । नदी किनार आसपासको क्षेत्रमा हामीले निरन्तर अवलोकन गरिरहेका छौं । अहिलेसम्म कोशीले खतराको तह पार गरेको छैन् ।’

सप्तकोशीमा मिसिने एक प्रमुख नदी इन्द्रावतीमा आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ ।

प्रतिक्रिया