राप्ती नदीको बीचमा फसेका चार जनाको उद्धार

दाङ । अविरल वर्षाका कारण दाङको राप्ती नदीमा आएको बाढीले मङ्गलबारदेखि बेलाघाटमा फसेका चारजनालाई आज सुरक्षाकर्मीले उद्धार गरेका छन् । लमही–७ हस्नापुर र राजपुर गाउँपालिकाको बेलाघाटको बीचको टापुमा फसेका चारजनालाई आज बिहान सकुशल उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।
भैँसी चराउन गएका राजपुर गाउँपालिका–२ का ४५ वर्षीया सावित्रा यादव, सोही ठाउँका २६ वर्षीय राधे यादव, राजपुर गाउँपालिका–३ का २६ वर्षीय गणेश यादव र लमही–७ का ४८ वर्षीय मनराम चौधरीको उद्धार गरिएको पनि प्रजिअ पौडेलले जानकारी दिए ।
जिल्ला आपत्कालीन केन्द्रका प्रमुख विश्वप्रकाश अर्यालले टापुमा फसेका उनीहरूलाई उद्धारका लागि गए राति नै रबर बोटसहित सुरक्षाकर्मी परिचालन गरिए पनि नदीमा पानीको बहाव नघटेपछि उद्धारमा कठिनाइ भएको बताए । पन्ध्र वटा भैँसी लिएर चढाउन गएका उनीहरू रातभरि सोही टापुमा बसेका थिए । भैँसी भने उतै रहेको बताइएको छ ।
सशस्त्र प्रहरी २९ नं गण भालुवाङ्का सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर खनाल, ४१ नं गण अर्जुन खोलाका प्रमुख यादव विश्वकर्मा, लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसी, राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसी, लमही नगरपालिका–७ का वडाध्यक्ष मोहन गिरी, वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेल, इलाका प्रहरी कार्यालय गढवा प्रहरी निरीक्षक राजकुमार भट्ट, इलाका प्रहरी कार्यालय अमिलियाक प्रहरी निरीक्षक राजीव श्रेष्ठ, रणसिङ दल गुल्म अर्जुन खोलाको टोली राप्ती नदी पुगेको थियो ।
















शंकर अग्रवाल रिहा
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
नेपाली लेखक सङ्घ कास्कीको अध्यक्षमा अथक
Speaker Aryal assumes office
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
प्रतिक्रिया