कर तिर्ने समय असार २५ गतेसम्म थपियो

काठमाडौँ । सरकारले कर तिर्ने समय बढाएर असार २५ गतेसम्म पुर्याएको छ । निषेधाज्ञा जारी रहेकै समयमा सरकारले जेठ मसान्तसम्म कर भुक्तानी गरिसक्नु पर्ने असंवेदनशील निर्णय गरेको भन्दै चौतर्फी विरोध भएपछि आन्तरिक राजस्व विभागले विभिन्न शीर्षकअनुसार समय थपेको हो ।
नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघलगायत विभिन्न उद्योगी व्यवसायी संघ संगठनले विरोध गरेका थिए । उनीहरूले निषेधाज्ञा खुलेको कम्तीमा ३ महिना समय चाहिने बताउँदै आएका छन् । गत वर्ष २०७७ सालको लकडाउनमा पनि सोही माग राख्दा सरकारले असार १५ गतेसम्मको समय दिएको थियो ।
निषेधाज्ञाले उद्योगधन्दा ठप्प भएकाले तत्काल कर तिर्न नसक्ने उनीहरुको दाबी छ । फागुन, चैत र वैशाखको बुझाउनु पर्ने विवरण तथा विवरण बमोजिमको अन्त शुल्क दाखिला गर्ने म्यादसमेत असार २५ गतेसम्मका लागि अर्थ मन्त्रालयको बुधबार बसेको बैठकको निर्णयानुसार समय थपेको हो । यसबारे विभागले आज बुधबार विज्ञप्ति जारी गरी जानकारी दिएको हो ।
मूल्य अभिवृद्धि करको हकमा गत फागुन, चैत र वैशाखको मासिक कर विवरण तथा गत माघ, फागुन, चैत र वैशाख महिनाको द्विमासिक र दोस्रो चौमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण तथा ती विवरण बमोजिमको कर दाखिला गर्ने म्याद असार २५ गतेसम्म तोकिएको छ ।
विभाग निर्देशक एंव सूचना अधिकारी अर्जुन ढकालले जारी गरेको विज्ञप्तिअनुसार तोकिएको समय सीमाभित्र शुल्क र ब्याज नलाग्ने उल्लेख गरिएको छ । उनले यसबीचमा केही समस्या आए सहजीकरण गरिने जानकारी समेत दिए ।
अग्रीम कर कट्टी र अग्रीम कर असुलीको विवरण बुझाउने म्याद तथा ती विवरण बमोजिमको कर दाखिला गर्ने म्याद असार २५ गतेसम्म तोकेको आन्तरिक राजश्व कार्यालयले जनाएको छ । चैत महिनामा बुझाउनु पर्ने आर्थिक वर्षको संशोधित कर विवरण र दोश्रो किस्तावापतको रकम दाखिला गर्ने म्याद असार २५ गतेसम्मका लागि तोकिएको हो । फागुन, चैत र वेैशाखको शिक्षा सेवा शुल्क, टेलिफोन शुल्क तथा दुरसञ्चार सेवा दस्तुर दाखिला गर्ने समयावधि पनि असार २५ गतेसम्मका लागि बढाइएको छ ।










प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
प्रतिक्रिया